भलिबल संघको निर्वाचन आज
बुधबार, २२ भदौ २०७९, ०९ : ४९

करिव दुई वर्ष ढिला गरि नेपाल भलिबल संघको चुनावी साधारण सभा आज हुँदैछ । कोरोना महामारीका कारण दुई वर्ष ढिला भएको चुनावले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।
नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्ष निरोज मास्के र महासचिव जितेन्द्र चन्द चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा हुने चुनावी साधारण सभामा सहसचिवका लागि मास्केको प्यानलबाट मनवीर छन्त्याल र चन्दको प्यानलबाट रोशन श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
संघको केन्द्रीय निर्वाचनमा १३१ जना मतदाता छन् । बागमती प्रदेशबाट दुई भोट निर्वाचन प्रक्रियामा समावेश गरिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रोयल्टी सङ्कलन
-
गायिका एवं कम्पोजर लक्ष्मीले ल्याइन् ‘जिन्दगीको गोरेटोमा’
-
रोचक प्रिमियर लिग : तीन खेलमा २-० को हारजित, दुई खेल २-२ को बराबरी
-
एल क्लासिकोमा बार्सिलोना विजयी, उपाधिको मुखैमा रियाललाई ठूलो झट्का, एम्बाप्पेको ह्याट्रिक गयो खेर
-
स्थापनाको ९ वर्षसम्म बनेन पालिकाको आफ्नै घर, भाडामै सकियो ६० लाख
-
१२ बजे, १२ समाचार : काठमाडौंका दुई निजी विद्यालयमा छापादेखि बालेनसँगको लफडाले काठमाडौंबाट हात झिक्दै सडक विभागसम्म