साफ यू–१७ मा नेपाल भुटानसँग खेल्दै
बुधबार, २२ भदौ २०७९, ०९ : २९

साफ यू–१७ पुरुष फुटबलमा नेपालले आफ्नो पहिलो खेलमा आज भुटानको सामना गर्दैछ । श्रीलंकामा जारी प्रतियोगिता कोलम्बोको रेस कोर्स ग्राउन्डमा हुनेछ ।
नेपाल र भुटानबीचको राति ८:१५ बजे सुरु हुनेछ । आजको खेलमा सहज जित निकाल्दै नेपाल प्रतियोगितामा आफूलाई बलियो बनाउने योजनामा छ ।
यता पहिलो खेलमा भारतसँग हारेको भुटान आजको खेलमा नेपाललाई हराएर प्रतियोगितामा पहिलो जित निकाल्ने योजनामा छ ।
सोमबार भएको उद्घाटन खेलमा भुटान भारतसँग ३–० गोल अन्तरले पराजित भएको थियो । नेपाल रहेको समूहमा ‘बी’ मा भारत र भुटान छन् । यस समूहमा भारतले एक खेलमा ३ अंक जोडेको छ ।
नेपालले दोस्रो खेलमा भारतसँग शुक्रबार खेल्नेछ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरूद्ध सर्वोच्चमा रिट
-
राजसंस्था फर्काउन राजावादीको बैठक : के-के गर्यो निर्णय ?
-
काठमाडौँका दुई निजी विद्यालयमा विभागको छापा
-
सरकार उल्टो बाटो हिँडिरहेको छ, धेरै जाला जस्तो देखिएन : वर्षमान पुन
-
जनताको पक्षमा हुनेगरी संविधान संशोधन गर्नुपर्छ : प्रचण्ड
-
युवा संघमा भाँडभैलो, निर्णय सच्याउन चेतावनी