बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

बारामा माओवादीबाट चार संघीय निर्वाचन क्षेत्रमा ८ जना सिफारिस

बुधबार, २२ भदौ २०७९, ०७ : १८
बुधबार, २२ भदौ २०७९

मंसिर ४ गते हुने संघ तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) बाराले ८ जनाको नाम सिफारिस गरेको छ ।  

बाराको ४ वटा निर्वाचन क्षेत्र मध्ये क्षेत्र नं १ मा गोपाल ठाकुर र श्याम किशोर यादव, क्षेत्र नं २ मा शिवचन्द्र प्रसाद कुश्वाह, निर्वाचन क्षेत्र नं ३ र ४ को लागि क्रमश: गीता कडेल, सोनालाल साह, क्षेत्रबहादुर श्रेष्ठ, जयराम दाहाल र रामराज चौधरीको नाम सिफारिस भएको हो ।

मंगलवार बसेको जिल्ला समन्वय समिति बैठकले प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष तर्फका दावेदार उम्मेदवारहरूको नाम क्षेत्रीय कमिटीमा सिफारिस गरेको हो । सिफारिस भएका ८ जना मध्ये गोपाल ठाकुर  पोलिटब्युरो सदस्य हुन् भने क्षेत्रबहादुर श्रेष्ठ, शिवचन्द्र कुश्वाह, गीता कडेल केन्द्रीय सदस्य हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप