राजाको विरोध गर्दा ४५ वर्ष जेल सजाय
बुधबार, २२ भदौ २०७९, ०७ : ००

साउदीमा एक साताअघि समाजिक सञ्जालमा विवादास्पद सामग्री पोस्ट गरेको भन्दै एक महिलालाई ४५ वर्षको सजाय सुनाइएको थियो । तर, उक्त सजाय पाउने गरी उनले के पोस्ट गरेकी थिइन भनेर खुलाइएको थिएन । मंगलबार भने सरकारले महिलाले पोस्ट गरेको सामग्री र उनीमाथि लगाइएको आरोपबारे खुलासा गरेको छ ।
महिलालाई राजा सलमान र युवराज मोहम्मद बिन सलमानको धर्म र न्यायलाई चुनौती दिन ट्विटर प्रयोग गरेको अभियोग लगाइएको छ । पाँच सन्तानकी आमा नुराह अल–काहतानीलाई साउदी अधिकारीहरूले दुरासयपूर्ण सामग्री पोस्ट गरेकोमा गत हप्ता जेल सजाय सुनाइएको थियो ।
उक्त सजायको पश्चिमा देशहरुले निन्दा गर्दै आएका छन् । अल काहतानीले अधिकारीहरूको अपमान गर्न र सुरक्षा मुद्दामा विचाराधीन बन्दीहरूलाई रिहाइका लागि ट्वीटर प्रयोग गरेको आरोप लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी