मानव शरीरको कति तापक्रमसम्मको गर्मी सहन सक्छ ?
जलवायु परिवर्तनको प्रभावले विश्वका धेरै स्थानलाई हिट वेभ प्रभावित बनाउन थालेको छ । हिट वेभ पहिलेभन्दा छिटो छिटो आउने, आएपछि लामो समयसम्म रहने भएका छन् ।
हिट वेभले विभिन्न कठिनाई उत्पन्न गराउने त स्पष्ट छ । तर यसको तापक्रम कुन बिन्दुमा पुगेपछि स्वस्थ वयस्कहरूका लागि सामान्य दैनिक गतिविधि गर्न कठिन हुन्छ ?’ यसको जवाफ थर्मोमिटरमा देखिने अंकमा मात्र भेटिँदैन, यसमा आद्रता पनि समेट्नु पर्छ ।
वैज्ञानिक र अन्य पर्यवेक्षकहरुले उच्च आर्द्रतासँगसँगै बढ्दो तापक्रमको संयोजनलाई जनाउन ‘भिजेको बल्ब तापमान’ पदावली प्रयोग गर्छन् । सन् २०२२ को मे र जुन महिनामा दक्षिण एसियाका विशेषत भारत र पाकिस्तानलाई प्रभावित बनाएको हिट वेभका क्रममा पाकिस्तानको ज्याकोबादमा ‘भिजेको बल्बको तापक्रम’ ३३.६ डिग्री सेल्सियस र दिल्लीमा त्योभन्दा बढी पुगेको थियो, जुन मानव शरीरले धान्न सक्ने आद्र तापमानको माथिल्लो सीमाको नजिक हुन् ।
सन् २०१० मा प्रकाशित एक अध्ययनले १०० प्रतिशत आद्रतामा ३५ डिग्री सेल्सियसको ‘भिजेको बल्ब तापमान’लाई मानव शरीरले सहनसक्ने अधिकतम तापक्रम भनेको छ । धेरैले अहिले यही अध्ययनलाई विश्वास गर्छन् । योभन्दा माथिको तापक्रममा शरीरको भित्री तापक्रम नै बढ्न थाल्ने बताइन्छ । अर्थात शरीरले छालाको सतहबाट पसिनालाई वाष्पिकरण गरेर शरीरलाई भित्री शरीरको तापक्रम स्थिर राख्न सक्दैन । त्यसपछि विभिन्न समस्या देखा पार्न थाल्छ ।
यो सीमा हालसम्म प्रयोगशालाको सेटिङमा मानिसहरूमा परीक्षण गरिएको थिएन । पेन्सिलभेनिया स्टेट युनिभर्सिटीका वैज्ञानिकहरुले यसलाई प्रयोगशालामा परिक्षण गर्दा चिन्ताजनक परिणाम देखाएको छ । अनुसन्धानमा प्रत्येक सहभागीले एउटा सानो टेलिमेट्रीको चक्की निलेका थिए, जसले तिनको भित्री शरीरको तापक्रम निगरानी ग¥यो । परिक्षणमा सहभागीले खाना पकाउने र खानेजस्ता दैनिक जीवनका सामान्य गतिविधिको नकल गरे । अन्वेषकहरूले सहभागी बसेका च्याम्बरमा तापक्रम र आर्द्रता क्रमिक रुपमा बढाएका थिए । प्रत्येक वृद्धिले सहभागीमा पार्ने असर हेरिएको थियो । यस क्रममा कुन तापक्रमपछि सहभागीको शरीरको भित्री तापक्रम बढ्न थालेकोलाई मुख्य ध्यान दिइएको थियो ।
तापक्रम र आर्द्रताको जुन संयोजनपछि व्यक्तिको भित्री तापक्रम बढ्न थाल्छ त्यसलाई ‘नाजुक वातावरणीय सीमा’ भनिन्छ । ती सीमाहरूभन्दा तलको तापक्रममा शरीरले छालाको पसिनालाई वाष्किरण गर्दै लगेर अपेक्षाकृत रुपमा शरिरको भित्री तापमानलाई कायम राखिरहेको हुन्छ । तर ती सीमाहरूभन्दा माथिको तापक्रममा शरिरको कोरको तापक्रम निरन्तर बढ्छ र लामो समयसम्म त्यस्तो वातावरणमा रह्यो भने विभिन्न रोगहरूको जोखिम बढ्छ ।
शरीरको सतह तातो हुन थालेपछि त्यसलाई कम गर्नको लागि मुटुले छालामा रगतको प्रवाह बढाउन अतिरिक्त परिश्रम गर्नुपर्छ । अर्कोतर्फ छालाबाट पसिना निकालेर चिसो राख्ने प्रक्रियामा पनि शरीरको तरल पदार्थ घटिरहेको हुन्छ । लामो समयसम्म जोखिमपूर्ण तापक्रममा बिताउँदा स्ट्रोक निम्तिन सक्छ, जसले मानिसको ज्यान नै जान सक्छ । यस अवस्थामा तुरुन्त व्यक्तिलाई चिसो गराएर चिकित्सा उपचार आवश्यक पर्छ ।
स्वस्थ युवा र युवतीमा गरिएको हाम्रो अध्ययनले मानव शरीरले स्वस्थ्यस्तरमा सहन सक्ने वातावरणीय सीमा पहिले मानिँदै आएको ३५ डिग्री सेल्सियसभन्दा कम रहेको देखाएको छ । १०० प्रतिशत आद्रतामा ३१ डिग्री सेल्सियस र त्योभन्दा माथिको तापक्रम मानव स्वास्थ्यको लागि घातक हुन्छ भने ६० प्रतिशत आद्रतामा ३८ डिग्री सेल्सियसले असर गर्न थाल्छ । विश्वभर देखिएने हिट वेभहरु माथि उल्लेखित सीमाहरू नजिक नजिक देखिँदै छन् ।
उच्च तापक्रममा शरीरलाई चिसो बनाउन सघाउने सबै पसिना वाष्पीकरण भएर उडिसकेको हुन्छ । फेरी मानिसको पसिना निकाल्ने क्षमता पनि सीमित छ । उच्च गर्मीमा समय समयमा पानी खाइरहनु पर्छ । र नियमित अन्तरालमा छोटो समयको लागि भए पनि चिसो हावा चल्ने वा ठण्डा ठाउँमा बस्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा