बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

भारत भ्रमणमा रहेकी बंगलादेशी प्रधानमन्त्रीले भनिन्–भारतले कहिल्यै नबिर्सिने गुन लगाएको छ

मङ्गलबार, २१ भदौ २०७९, २२ : ०९
मङ्गलबार, २१ भदौ २०७९

भारत भ्रमणमा रहेकी बंगालदेशकी प्रधानमन्त्री शेख हसिना र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच मंगलबार राष्ट्रपति भवनमा भेटवार्ता भयो । हसिना सेप्टेम्बर ८ सम्मको भारतमा रहँदा दुई देशबीच ७ वटा सम्झौतामा हस्ताक्षर हुन सक्नेछ ।

बैठकअघि शेख हसिनाले भारत भ्रमणले दुई देशको आर्थिक विकासमा टेवा पुग्ने आशा व्यक्त गरिन् । भारत पुगेर हसिनाले बंगलादेशको स्वतन्त्रतामा भारतको योगदानको कुरा उठाएर भारतप्रति कृतज्ञता पनि व्यक्त गरिन् । 
‘बंगालदेश​ स्वतन्त्रताको लागि भएको मुक्ति युद्धमा भारत र भारतका जनताले हामीलाई साथ दिए । त्यो योगदानको लागि म सधैं भारतप्रति आभारी रहनेछु । भारतले हामीमाथि कहिल्यै नर्बिसिने गुन लगाएको छ,’ प्रधानमन्त्री शेख हसिनाले भनिन् । ‘हाम्रो मुख्य ध्यान हाम्रा जनताबीच सहकार्य बढाउने, गरिबी हटाउने र अर्थतन्त्रको पुनरोत्थानमा छ । यी मुद्दामा हामीहरू सहकार्य गर्नेछौं । यसबाट भारत–बंगलादेश मात्र नभई सम्पूर्ण दक्षिण एसियाको विकासमा योगदान पुग्नेछ ,’ बंग्लादेशी प्रधानमन्त्रीले भनिन् ।

‘भारत बंगलादेशको परीक्षित मित्र’
शेख हसिनाले सोमबार भारत बंगलादेशको परिक्षणमा पास भएको मित्र भएको बताउँदै कोरोनाकालमा खोप सहयोगको लागि पनि आभारी व्यक्त गरिन् । उनले छिमेकी मुलुकबीचको सहकार्यलाई बलियो बनाउनुपर्नेमा जोड दिँदै भारत र बंगलादेशबीच मतभेद उत्पन्न हुनसक्ने तर त्यसलाई वार्ताबाटै समाधान गर्नुपर्ने बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप