देउवा–प्रचण्ड सुझबुझपूर्ण तवरले अघि बढे एमाले धेरै तल झर्छ : शर्मा
सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का सचिव दिनानाथ शर्माले आगामी निर्वाचनपछि पनि अहिलेको गठबन्धन रहने बताएका छन् ।
उनले भने,‘यो गठबन्धन निर्वाचनपछि पनि जान्छ । संविधान र लोकतन्त्रको रक्षाको लागि, सडकमा जाने सन्दर्भमा यो गठबन्धन जुटेको हो । संविधान र राष्ट्रको हितलाई केन्द्रमा राखेर गठबन्धन बनेको हो । गठबन्धन सरकार बन्नु आवश्यकता थियो । नेकपा विभाजन भयो, यो वामपन्थीहरूको लागि दुःखको विषय हो । ओलीले निषेधको राजनीति गर्नुभयो । उहाँले चालेका कदमका कारण राजनीतिक अस्थिरताको स्थिति सिर्जना भयो ।’
मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा शर्माले निर्वाचनको सन्दर्भमा गठबन्धन गर्ने कुरा प्राकृतिक भएको पनि स्पष्ट पारे । उनले वर्तमान सरकारले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने विश्वास पनि व्यक्त गरे । उनले गठबन्धनभित्र सिट बाँडफाँटमा छलफल भैरहेको सुनाए । उनले भने,‘सिट बाँडफाँटको विषयमा कांग्रेस जिम्मेवार छ । यसको सभापति शेरबहादुर देउवा बढी जिम्मेवार छन् । गठबन्धनलाई जोगाएर जानुपर्ने पनि हो । देउवाजीले सबैलाई सम्मानजनक रुपमा अघि बढाउनुपर्छ । देशमा व्यवस्था फेरियो, तर अवस्था उस्तै रह्यो । अब अवस्था फेर्नको लागिपनि भोलिसम्मको लागि यो गठबन्धन आवश्यक्ता छ ।’
उनले गठबन्धनमा राम्रो एकता हुने भयो भने एमाले धेरै तल हुने दाबी गरे । उनले यसको लागि देउवा र प्रचण्डले सुझबुझपूर्ण तवरले गठबन्धनलाई सँगै लिएर जान सके गठबन्धनले जित्ने उनको दाबी थियो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आन्तरिक अर्थतन्त्र चलायमान हुन थाल्यो, अब बैंकहरूको एनपीए सुधार हुन्छ’
-
मड्रिड डर्बी र सिटीविरुद्धको खेलअघि रियललाई झट्का
-
ईयूमाथि पनि छिट्टै अतिरिक्त कर लगाउँदै अमेरिका
-
शिक्षक महासंघले गर्ने आन्दोलन विवादमा, एमाले निकट शिक्षक संगठन सहभागी नहुने
-
अख्तियारले चलायो ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
भारतीय अमेरिकी संगीतकार चन्द्रिका टन्डनले जितिन् ग्रामी अवार्ड