बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

देउवा–प्रचण्ड सुझबुझपूर्ण तवरले अघि बढे एमाले धेरै तल झर्छ : शर्मा

मङ्गलबार, २१ भदौ २०७९, २० : ४२
मङ्गलबार, २१ भदौ २०७९

सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का सचिव दिनानाथ शर्माले आगामी निर्वाचनपछि पनि अहिलेको गठबन्धन रहने बताएका छन् ।

उनले भने,‘यो गठबन्धन निर्वाचनपछि पनि जान्छ । संविधान र लोकतन्त्रको रक्षाको लागि, सडकमा जाने सन्दर्भमा यो गठबन्धन जुटेको हो । संविधान र राष्ट्रको हितलाई केन्द्रमा राखेर गठबन्धन बनेको हो । गठबन्धन सरकार बन्नु आवश्यकता थियो । नेकपा विभाजन भयो, यो वामपन्थीहरूको लागि दुःखको विषय हो । ओलीले निषेधको राजनीति गर्नुभयो । उहाँले चालेका कदमका कारण राजनीतिक अस्थिरताको स्थिति सिर्जना भयो ।’

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा शर्माले निर्वाचनको सन्दर्भमा गठबन्धन गर्ने कुरा प्राकृतिक भएको पनि स्पष्ट पारे । उनले वर्तमान सरकारले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने विश्वास पनि व्यक्त गरे । उनले गठबन्धनभित्र सिट बाँडफाँटमा छलफल भैरहेको सुनाए । उनले भने,‘सिट बाँडफाँटको विषयमा कांग्रेस जिम्मेवार छ । यसको सभापति शेरबहादुर देउवा बढी जिम्मेवार छन् । गठबन्धनलाई जोगाएर जानुपर्ने पनि हो । देउवाजीले सबैलाई सम्मानजनक रुपमा अघि बढाउनुपर्छ । देशमा व्यवस्था फेरियो, तर अवस्था उस्तै रह्यो । अब अवस्था फेर्नको लागिपनि भोलिसम्मको लागि यो गठबन्धन आवश्यक्ता छ ।’

उनले गठबन्धनमा राम्रो एकता हुने भयो भने एमाले धेरै तल हुने दाबी गरे । उनले यसको लागि देउवा र प्रचण्डले सुझबुझपूर्ण तवरले गठबन्धनलाई सँगै लिएर जान सके गठबन्धनले जित्ने उनको दाबी थियो
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप