बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

मकवापुरको २ क्षेत्रका लागि माओवादी केन्द्रद्वारा ४ जनाको नाम सिफारिस

मङ्गलबार, २१ भदौ २०७९, २० : ३८
मङ्गलबार, २१ भदौ २०७९

आसन्न निर्वाचनमा मकवानपुरको २ वटा निर्वाचन क्षेत्रमा  चुनाव लड्न नेकपा माओवादी केन्द्रले उम्मेदवार सिफारिस गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनको लागि चुनाव लड्न माओवादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुरले उम्मेदवारहरू प्रदेश कमिटीलाई  सिफारिश गरेको हो ।

माओवादी केन्द्र मकवानपुरको हेटौंडास्थित पार्टी कार्यालयमा बसेको बैठकले मकवानपुरको प्रतिनिधि सभा प्रत्यक्षतर्फ २ वटा  निर्वाचन क्षेत्रमा ४ जना र प्रदेशसभा अन्तर्गतको ४ वटा निर्वाचन क्षेत्रमा १० जनाको नाम सिफारिश गरिएको हो । बैठकले मकवानपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ का लागि प्रत्यक्ष तर्फ संविधानसभा सदस्य प्रल्हाद लामिछाने र जीवन गोलेको नाम सिफारिस गरेको छ भने मकवानपुर क्षेत्र नम्बर–२ का लागि माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य एवम् बागमती प्रदेशकी सामाजिक विकास मन्त्रीसमेत रहेकी कुमारी मोक्तान र माओवादी केन्द्र केन्द्रिय सदस्य रामनारायण विडारीलाई सिफारिस गरेको छ ।

त्यस्तै, बैठकले प्रदेशसभा तर्फ मकवानपुर–१ अन्तर्गतका २ वटा निर्वाचन क्षेत्रका लागि ५ जनाको नाम सिफारिस गरेको छ । मकवानपुर–१ (क) का लागि माओवादी केन्द्रका केन्द्रिय सदस्य विजय गौतम, माओवादी केन्द्र बागमती प्रदेश कमिटि उपाध्यक्ष प्रेमबहादुर पुलामी र जिल्ला समन्वय समिति मकवानपुरका सचिव भिमबहादुर पाख्रिनको नाम सिफारिस भएको छ भने मकवानपुर–१ (ख) का लागि माओवादी केन्द्र हेटौंडा उपमहानगर पार्टी अध्यक्ष तिर्थबहादुर थापा मगर र नेता ज्ञानेन्द्र लामिछानेको नाम सिफारिस गरिएको छ ।

यसैगरि बैठकले प्रदेश सभा तर्फ मकवानपुर–२ का २ वटा निर्वाचन क्षेत्रबाट लागि पनि ५ जनाको नाम सिफारिस गरेको छ । मकवानपुर–२ (क) का लागि पार्टीका माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य कुमारी मोक्तान, माअ‍ेवादी केन्द्र उपत्यका विशेष प्रदेश कमिटि उपाध्यक्ष प्रकाश चन्द्र पाण्डे र माओवादी केन्द्र बागमती प्रदेश कमिटि सदस्य लवशेर विष्टको नाम सिफारिस गरिएको छ भने मकवानपुर–२ (ख) का लागि माओवादी केन्द्र बागमती प्रदेश कमिटि सदस्य एवम् प्रदेश सांसद् ओमबहादुर ग्लान, माओवादी केन्द्र मनहरी गाउँपालिका अध्यक्ष रामप्रसाद कालाखेतीको नाम सिफारिस गरिएको छ ।

बैठकले प्रतिनिधिसभाको समानुपातिकका लागि नेतृ ठुलीमाया मोक्तान, पार्टीकी केन्द्रीय सदस्य प्रमिला लामा पुलामी, रञ्जना श्रेष्ठ, सन्तोषकुमार लामा, चन्द्रबहादुर लामा, फुलमाया सिन्तान, रामहरि सुवेदी, लाल सिं गुरुङको नाम सिफारिस गरेको छ । त्यस्तै प्रदेशसभाको समानुपातिकका लागि नेता जीवन पहरी, बच्चु खड्का गोले, विरबहादुर राई, लक्ष्मी पाख्रिन, लक्ष्मी माझी, कृष्णप्रसाद सुवेदी, पुनम भट्टराई, भगीरथ नेपाल, लिला कुमार घलान, शेख जाहगिर, अप्सरा लोप्चन, ज्योति रायमाझी, विर्जु पदम लामा, रञ्जित राना, आनन्द घलान, खुसीलाल चेपाङ, ईश्वरी सुनुवार, दिल बहादुर स्याङ्बो, पूर्णिमा दोङ, विश्वराज थिङलाई सिफारिस गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप