बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राजेन्द्र लिङ्देनले भने-राप्रपा कमजोर हुँदा वैकल्पिक राजनीति कमजोर हुन्छ

मङ्गलबार, २१ भदौ २०७९, २० : १८
मङ्गलबार, २१ भदौ २०७९

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा राप्रपालाई असफल हुने सुविधा नभएको बताएका छन् । पार्टीको केन्द्रीय प्रशिक्षण विभागद्वारा केन्द्रीय पदाधिकारी एवं सदस्यका लागि आयोजित निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रममा समसामयिक राजनीतिक परिस्थिति, भावी कार्यदिशा र पार्टीको चुनावी रणनीति विषयमा प्रशिक्षण दिदै अध्यक्ष लिङ्देनले आउँदो निर्वाचनमा राप्रपा कमजोर भयो भने देशमा वैकल्पिक राजनीतिको सम्भावना कमजोर हुने बताएका हुन्  ।

 ‘देशले परिवर्तन खोजिरहेको छ, राप्रपा परिवर्तनको वाहक शक्तिको रुपमा उदाइरहेको छ तर निर्वाचनमा हाम्रो प्रभावकारी भूमिका भएन भने वैकल्पिक राजनीतिको धार कमजोर हुन पुग्छ, जुन केवल पार्टीको लागि मात्रै होइन देशकै लागि ठूलो क्षति हुनेछ,’ अध्यक्ष लिङ्देनले भने । अध्यक्ष लिङ्देनले योग्यता, क्षमताका आधारमा नेता, कार्यकर्ताको मूल्यांकन हुने बताउँदै महाधिवेशनमा मत दिएको वा नदिएको आधारमा कसैलाई काखा र पाखा नहुने भन्दै आस्वस्त तुल्याए ।

उपाध्यक्ष एवं प्रशिक्षण विभागका प्रमुख ध्रुव बहादुर प्रधानले आगामी निर्वाचनमा पार्टीको पक्षमा परिणाम ल्याउन वैचारिक, सांगठनिक र रणनीतिक हिसाबले तयार हुनुपर्ने भएकाले देशभर आक्रामक ढंगबाट प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको बताए ।  केन्द्रीय प्रशिक्षण विभागकी सदस्य खुस्बु ओलीले चुनावी रणनीति एवं बुथ व्यवस्थापन विषयमा र प्रशिक्षक रबिन कटुवालले नेतृत्व विकास र उमेदवारको प्रचार शैली विषयमा प्रशिक्षण दिएकी थिइन् । केन्द्रीय प्रशिक्षण विभागले केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम, सातवटै प्रदेश र उपत्यका स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको विभागका सदस्य सचिव दिनेश कार्कीले जानकारी दिएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप