पश्चिमी प्रतिबन्ध नहटाइएसम्म युरोपमा ग्यास आपूर्ति नखोल्ने रुसको निर्णय
युरोप आपूर्ति हुने रुसी ग्यास शुक्रबारदेखि अनिश्चित कालको लागि रोकिएको छ । अहिले आएर रुसी राष्ट्रपति कार्यलय क्रेमलिनले आफ्नो देशमाथिको पश्चिमी प्रतिबन्ध नहटाएसम्म ग्यास सूचारु नहुने बताएको छ ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले सोमबार नोर्ड स्ट्रिम १ पाइपलाईन बन्द गर्नुको एक मात्र कारण पश्चिमी प्रतिबन्ध भएको बताए । मस्कोले सुरुमा ग्यास आपूर्ति गर्ने पाइपलाइनबाट तेल चुहिएको भन्दै मर्मतका गर्न केही दिन ग्यास आपुर्ति बन्द गर्नुपरेको बताएको थियो । तर शुक्रबारबाट उनीहरुले ग्यासको आपूर्ति लामो समय नखुल्ने बताएका छन् । ‘युरोपमा ग्यास आपुर्ति रोकिनुको एक मात्र कारण हाम्रो देशविरुद्ध लागु भएको प्रतिबन्ध नै हो,’ इन्टरफ्याक्स न्युज एजेन्सीले पेश्कोभलाई उद्धृत गर्दै लेखेको छ ।
‘प्रतिबन्धले पाइपहरूको मर्मतसम्भावलाई कठिन बनाएको छ । साथै उचित कानुनी ग्यारेन्टीबिना यसमा आवश्यक उपकरण रुस भित्र्याउन पनि कठिन भइरहेको छ । त्यसैले पश्चिमी राज्यले थोपरेको प्रतिबन्धको कारण अहिलेको स्थिति निम्त्याएको हो ,’ पेश्कोभले भने ।
रुसको सरकारी उर्जा कम्पनी ग्याजप्रोमले शुक्रबार औपचारिक रुपमोर्ड स्ट्रिम १ को टरबाईन अनिश्चितकाललाई बन्द गरेको जानकारी दिएको थियो । त्यसअघि उसले पाइपमा केही चुहावट भएकाले मर्मतका लागि तीन दिन आपुर्ति रोकिने बताएको थियो । सन् २०११ देखि संचालनमा रहेको नोर्ड स्ट्रिम १ पाइपलाईन रुसबाट पश्चिम युरोप ग्यास आपुर्ति गर्ने सबैभन्दा ठूलो एकल पाइप हो ।
उर्जा मुल्य वृद्धि, युरोको अवमूल्यन
नोर्ड स्ट्रिम १ हुदै जाने ग्यास आपूर्ति रोक्ने निर्णयसँगै सोमबारदेखि युरोपमा उर्जाको मुल्य ३० प्रतिशतसम्मले बढेको छ । रुसी निर्णयले युरोको मुल्यमासमेत अवमूल्यन भएको छ । सोमबार युरोको मूल्य दस वर्ष यताकै न्युन बिन्दु अर्थात ०.९९ डलर तल झरेको थियो ।
उर्जा संकटको जोखिममा रहेको अर्को ठूलो अर्थतन्त्र बेलायतको मुद्रा पाउण्डमा पनि ०.५ प्रतिशतले गिरावट आएर अढाई वर्ष यताकै न्युन अर्थात १.१४४४ डलर पुगेको छ । गोल्डम्यान स्याक्सका एक रणनीतिकार माईकल क्याहिलका अनुसार युरोको मुल्य थप अवमूल्यन हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या