सावित्रा र अनिता चम्कँदा नेपालको शानदार सुरुवात
सावित्रा भण्डारी र अनिता बस्नेतले दुई–दुई गोलको सहयोगमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले साफ महिला च्याम्पियनसीपमा विजयी सुरुवात गरेको छ । मंगलबार भएको खेलमा नेपालले भुटानमाथि ४–० गोलको जित निकालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन सावित्रा भण्डारी र अनिता बस्नेतले दुई–दुई गोल गरिन् । खेलको १२औँ मिनेटमा सावित्राले गोल गर्दै नेपाललाई अग्रता दिलाइन् । उनले हिरा कुमारी भुजेलको पासमा गोल गरेकी हुन् ।
पहिलो हाफमा १–० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो । नेपालका लागि सावित्राले खेलको ६८औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर पारिन् ।
७३ औँ मिनेटमा अनिताले गोल गर्दै नेपाललाई ३–० गोलको अग्रता दिलाइन् । अनिताले नै खेलको ८४औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ४–० गोलको जित दिलाए । आजको जितसँगै नेपालले समूह ‘बी’ मा एक खेलबाट २ अंक जोडेको छ । यता भुटानले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साँझको समयमा औद्योगिक क्षेत्रको विद्युत् कटौती हुने
-
जर्मन चान्सलर स्कोल्जले गुमाए विश्वासको मत
-
‘मायामा ठ्याक्क ठुक्क’मा बोल्ड सुरक्षा
-
टिकटकले गुहार्यो अमेरिकी सर्वोच्च अदालत
-
सरोकारवालाले अपनत्व लिने गरी शिक्षा ऐन पारित गरिनुपर्छ : नैनसिंह महर
-
कानुनको अभावले सङ्घ र प्रदेशबिच अन्तर्विरोध देखिएका छन्: अध्यक्ष दाहाल