मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

उच्च अदालतका २७ न्यायाधीशका लागि ८१ जनाको सर्ट लिष्ट सार्वजनिक

मङ्गलबार, २१ भदौ २०७९, १८ : २८
मङ्गलबार, २१ भदौ २०७९

मंगलबार बसेको न्याय परिषद्को बैठकले उच्च अदालतका न्यायाधीशका लागि ८१ जनाको सूची सार्वजनिक गरेको छ । न्याय परिषद्का अनुसार २७ जना न्यायाधीशका लागि आवश्यक भन्दा तीन गुणा अर्थात् ८१ जनाको नाम स्वीकृत भएको हो । मंगलबारको परिषद् बैठकले सर्ट लिष्टमा रहने ८१ जनाको नाम स्वीकृत गरेपनि नाम भने सार्वजनिक गरेका छैनन् ।
त्यसैगरी मंगलबारकै बैठकले उच्च अदालतका मुख्य न्यायाधीशका लागि ५ जनाको नामसमेत सिफारिस गरेको छ । लामो समयदेखि ४ वटा उच्च अदालत कामु मुख्य न्यायाधीशका भरमा चलिरहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप