हिरासतमा रवि लामिछानेले सुरक्षागार्ड भेटेको प्रकरणमा एक प्रहरीलाई जिम्मेवारीबाट हटाइयो
प्रहरी वृत दरबारमार्गको हिरासतमा थुनामा रहेका सुरक्षागार्ड शेरजंग गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेटेको फोटो बाहिरिएकोबारे प्रहरीले छानविन गरिरहेको छ ।
लामिछानेले सोमबार प्रहरी वृत्त दरबारमार्गको हिरासतमा गएर गुरुङसँग भेट गरेका थिए । उनीहरु दुईजना सोफामा बसेर भेटेको फोटो बाहिरिएसँगै जिल्ला प्रहरी परिसर काठमाडौंले दरबारमार्ग प्रहरीमाथि छानविन शुरु गरेको हो । छानविनका लागि परिसर काठमाडौंले एसपी दिनेशराज मैनालीको नेतृत्वमा समिति गठन गरेको छ । समितिमा अरु दुईजना डिएसपी सदस्य छन् ।
संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठसँग विवाद गरेको आरोपमा पक्राउ परेका सुरक्षागार्ड सोमबार साँझ गृहमन्त्रीको आदेशमा छुटेका छन् । शुक्रवार पक्राउ परेका गुरुङलाई प्रहरी वृत्त दरबारमार्गले अभद्र व्यवहार मुद्दामा ५ दिनको म्याद लिएर हिरासतमा राखेको थियो ।
हिरासतमा थुनुवा भेट्नु सामान्य घटना हो । तर, क्यामरा निषेध गरिएको स्थानमा फोटो खिच्न दिएकोबारे समितिले छानविन गरिरहेको हो ।
यसैबीच छानविनका लागि उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले प्रहरी वृत दरबारमार्गमा कार्यरत प्रहरी निरीक्षक विकास कुमार लामालाई जिम्मेवारीबाट हटाएको छ । लामालाई दरबारमार्ग वृत्तबाट उपत्यका प्रहरी कार्यालयमा झिकाएर सो ठाउँमा धन बहादुर बोहोरालाई खटाइएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सीताराम रिजालले रातोपाटीलाई बताए ।
सुरक्षा गार्ड र मन्त्रीको बिचमा ठमेलको छाया सेन्टरमा विवाद भएको थियो । क्यानडा जाने भिषाका लागि बायोमेट्रिक गराउन गएका मन्त्रीलाई ‘लाइनमा बस्नुस्’ भनेपछि श्रेष्ठले गार्डसँग विवाद गरेका थिए । गुरुङ गरुड सेक्युरिटीबाट छायाँ सेन्टरमा खटिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त