शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका चिकित्सकद्वारा इमर्जेन्सीबाहेकका सबै सेवा बन्द

मङ्गलबार, २१ भदौ २०७९, १७ : ५९
मङ्गलबार, २१ भदौ २०७९

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका चिकित्सकले  इमर्जेन्सीबाहेक सबै सेवा बन्द गर्ने घोषणा गरेका छन् । डा.करण शाहका नाममा पक्राउ पुर्जी जारी गरिएको भन्दै प्रतिष्ठानका स्वास्थ्यकर्मी आन्दोलित भएका हुन् ।

भाद्र २ गते डा शाहमाथि आक्रमण  भएको फुटेजमा प्रष्टसँग देखिएको अवस्थामा  पक्राउ पुर्जी जारी घटनाले आर्चय पारेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । सीसीटिभी फुटेजमा प्रष्टसँग देखिएको अवस्थामा समेत इमर्जेन्सी नगगरिने टाँका काट्ने कार्य नभएको भनि अनर्गल प्रसार गरी बाल अधिकार सम्बन्धि झूटा मुद्दा दायर भई पक्राउ पुर्जी जारी भएको घटनाले मर्माहत भएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।  

यस्तो भएपूर्ण बाताबरण सेवा दिन असमर्थ रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।  प्रतिष्ठानमै कार्यरत धनबहादुर शाहीले शाहमाथि कुटपिट गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप