आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

चुनावपछि देउवा नै प्रधानमन्त्री : नेता प्रधान

मङ्गलबार, २१ भदौ २०७९, १७ : ५५
मङ्गलबार, २१ भदौ २०७९

नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले आगामी निर्वाचनको लागि आफ्नो दलले गठबन्धनमा ९० सिटभन्दा तल नलिने स्पष्ट पारेका छन् । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा उनले चुनावपछि कांग्रेस सभापति शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने पनि दाबी गरे । 

उनले भने,‘देउवाजी अहिले दलको नेता हो । पार्टीको सभापति पनि हो । उहाँकै नेतृतवमा चुनाव हुँदैछ । केपी ओली त कति बिरामी भयो, भयो । प्रचण्डले पनि आलोपालो पनि त्याग्नुभयो । अहिलेसम्म देउवा अस्पताल भर्ना भएको थाहा छ ? उहाँ स्वस्थ हुनुहुन्छ । जीन नै राम्रो हो । उहाँको बुवा पनि ९६ वर्ष बाँच्नुभयो । गिरिजाबाबु कति विरामी हुनुभयो, रामचन्द्रजी पनि विरामी हुनुभयो, तर देउवा विरामी भएको सुन्नुभएको छ ? हाम्रो पार्टीमा प्रधानमन्त्रीको लागि देउवाको विकल्प छैन । आलोपालोमा त्यसपछि प्रचण्ड होलान् ।’

नेता प्रधानले अहिले गठबन्धनभित्र सिटको बाँडफाँट टुंगो नलागेको पनि स्पष्ट पारे । उनले भने,‘हाम्रो गठबन्धन अहिले सिट बाँडफाँटमा निष्कर्षमा पुगेको छैन् । यसबारेमा छलफल जारी छ । कार्यदलका संयोजक कृष्ण सिटौलाजी झापा जानुभएको छ । आज फर्किँदै हुनुहुन्छ । उहाँ फर्किएपछि छलफल हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप