शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

गठबन्धनमा भाग टुंगिएपछि कांग्रेसले उम्मेदवार चयन गर्छ : मन्त्री खाण

मङ्गलबार, २१ भदौ २०७९, १७ : ५१
मङ्गलबार, २१ भदौ २०७९

गृहमन्त्री बालकृष्ण खाणले गठबन्धनमा भाग टुंगिसकेपछि मात्रै नेपाली कांग्रेसले आगामी संघ र प्रदेश तहको निर्वाचनमा उम्मेदवार चयन गर्ने बताएका छन् । मंगलवार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री खाणले गठबन्धनमा निर्वाचन क्षेत्रको भागबण्डा लगाएपछि मात्रै आफ्नो पार्टीले उम्मेदवार चयन गर्ने बताएका हुन् ।

उनले भागबण्डा टुंगो लगाउन गठबन्धनको कार्यदलमा छलफल भइरहेको बताए । गृहमन्त्री खाणले  कांग्रेसको निर्वाचन क्षेत्रीय समिति, जिल्ला समन्वय समिति र प्रदेश कार्यसमितिले आ–आफ्नो मातहतका निर्वाचन क्षेत्रहरुका लागि उम्मेदवारहरू सिफारिस भने गरिरहेका बताए ।  

बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै जनता समाजवादी पार्टीका सांसद रामसहायप्रसाद यादवले मंगलबार बेलुकासम्ममा गठबन्धनको भागबण्डा टुंगो लाग्ने विश्वास व्यक्त गरे । उनले भागबन्डाको टुंगो लगाउन सोमवारदेखि प्रदेश र संघीय निर्वाचन क्षेत्रस्तरीय छलफल जारी रहेको बताए । उनले हालसम्म सिट बाँडफाँटको सम्बन्धमा सहमती जुट्न नसकेको स्पष्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप