शुक्रबार, २६ पुस २०८१
ताजा लोकप्रिय

कानुनमन्त्रीको आक्रोश : संविधान, न्यायपालिका र परराष्ट्र नीतिबारे जथाभावी नबोल्नुस्

मङ्गलबार, २१ भदौ २०७९, १६ : ५०
मङ्गलबार, २१ भदौ २०७९

कानुन मन्त्री गोविन्द शर्मा कोइरालाले जिम्मेवार ठाउँमा बसेर ‘काम चलाउ’ सरकारको कुरा नगर्न प्रतिपक्ष सांसदहरुलाई आग्रह गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री शर्माले यस्तो आग्रह गरेका हुन् ।

‘के हाम्रो संविधानले कामचलाउ सरकारको परिकल्पना गरेको छ ? यत्रो जनआन्दोलन, सशस्त्र संघर्ष हुँदै संविधानसभाबाट निर्माण भएको संविधानले स्ट्यावल गर्भमेन्टको कल्पना गर्यो’, कोइरालाले भने, ‘सवाल को सरकारमा छ भन्ने होइन ।’

उनले सवाल कुन खालको लोकतन्त्रको अभ्यास भइरहेको छ भन्ने प्रमुख रहेको भन्दै एकछिनको न्यानो नहेर्न आग्रह गरे । उनले अहिलेको प्रमुख प्रतिपक्षलाई एक छिनको न्यानो नहेरेर तीनवटा कुरामा हल्का टिप्पणी गर्नु जिम्मेवार नहुने बताए । उनले भने, ‘फर्नामेन्टल कन्स्टिच्युस्नल प्रिन्सिपलमा डिवेट गर्नु हुँदैन १, विदेश नीतिमा डिवेट गर्नुहुँदैन २ र न्यायपालिकाकाबारेमा जथाभावी शब्द प्रयोग गर्नुहुँदैन ३, बञ्चित गरिएको छ’, शर्माको भनाइ छ । 

उनले हमेशा परमादेशी सरकार भनिरहेको भन्दै नेपालको संविधानले अदालतलाई दिएको अधिकार सर्वोच्चले प्रयोग गरेर गरेको फैसलालाई लिएर व्याख्यात्मक रुपमा प्रश्न गरिन्छ भने कस्तो खालको न्यायपालिकाको कल्पना गरिएको हो भनेर प्रश्न गरे । उनले संवैधानिक प्रक्रियाबाट यो सरकार बनेको भन्दै सोही अनुसार प्रमुख प्रतिपक्ष पनि प्रतिपक्षको हैसियतमा बसिरहेको बताए । उनले परराष्ट्र नीतिका बारेमा पनि जथाभावी बोल्ने गरेकोमा उनले आपत्ति जनाए । उनले यस्तै तरिका भए प्रजातान्त्रिक संवैधानिक संस्थाहरु खत्तम भए हामी कहाँ पुग्छौ भन्दै प्रश्न गरे । 

‘परराष्ट्र नीतिका बारेमा एउटा सानो केही भयो कि ढ्याङर्याङ कुरा उठाएर यो र त्यो भन्छौ । लामो रिसर्च गरौ न झ्याप्प आयो प्याट्ट बोलिदिएर जम्मै देशहरुको सम्बन्ध बिग्रने देखिरहेको छु मैले’, मन्त्री शर्माको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप