सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

धनुषाबाट माओवादीले सिफारिस गर्‍यो उम्मेदवार, को–को परे ?

मङ्गलबार, २१ भदौ २०७९, १६ : ४६
मङ्गलबार, २१ भदौ २०७९

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि धनुषाका चार वटै निर्वाचन क्षेत्रबाट माओवादी केन्द्रले उम्मेदवार सिफारिस गरेको छ । मंगलबार जनकपुरधामस्थित पार्टी कार्यालयमा बसेको जिल्ला कमिटी, प्रदेश कमिटी, केन्द्रीय सदस्यहरुको संयुक्त बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको हो ।

धनुषा माओवादीले धनुषाको निर्वाचन क्षेत्र नम्बर १ का लागि दोस्रो पटक पनि प्रतिनिधिसभा सदस्य समेत रहेका मातृकाप्रसाद यादवको एकल नाम सिफारिस गरेको छ । त्यस्तै प्रदेशसभाका लागि निर्वाचन क्षेत्र नम्बर १ (क) बाट माओवादी धनुषा जिल्ला अध्यक्ष देवेन्द्रकुमार यादव ‘दिपक’, शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया यादव र रोशन यादवको नाम सिफारिस गरेको छ ।

प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ (ख) का लागि सरोज यादव, प्रदीप साह, गुलाव यादव, सूर्यनारायण मण्डल र विरेन्द्र महतोको नाम केन्द्रीय समितिमा सिफारिस गरेको माओवादी केन्द्रका धनुषा जिल्ला संयोजक दिपक यादवले बताए ।

त्यस्तै धनुषाको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभातर्फ योगकुमार बरबरिया ‘श्रवण’को एकल नाम सिफारिस गरिएको छ भने प्रदेशसभाका लागि निर्वाचन क्षेत्र नम्बर २ (क) बाट देवचन्द्र यादव र रेखा मडलको नाम सिफारिस भएको छ । निर्वाचन क्षेत्र नम्बर २(ख) बाट श्यामकुमार यादव, रामकिशोर पासमान, अनिल पासमान र वैद्यनाथ मण्डलको नाम सिफारिस गरिएको छ ।

त्यस्तै धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागि सौखीलाल पासवान र युगेश्वर यादवको नाम सिफारिस गरिएको छ भने प्रदेशसभाका लागि निर्वाचन क्षेत्र नम्बर ३(क) बाट अनिल पासवान, चन्द्रशेखर साह तथा क्षेत्र नम्बर ३ (ख) बाट महेश यादवको नाम सिफारिस गरिएको जिल्ला संयोजक यादवले बताए ।

धनुषाको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाका लागि देवसागर दासको एकल नाम सिफारिस गरिएको छ भने धनुषाको निर्वाचन क्षेत्र नम्बर ४ (क) बाट प्रदेशसभा सदस्यका लागि अशोककुमार यादव, नन्दकिशोर यादव, सुरेश यादव र सुरेश मण्डलको नाम सिफारिस गरिएको छ । धनुषाको निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट प्रदेशसभा सदस्यका लागि रामकुमार महतोको एकल नाम सिफारिस गरिएको संयोजक दिपक यादवले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप