पाँच महिना अघि उद्घाटन भएको वायो ग्याँस प्लान्टबाट उत्पादन अझै सुरु भएन
![पाँच महिना अघि उद्घाटन भएको वायो ग्याँस प्लान्टबाट उत्पादन अझै सुरु भएन](https://rpcdn.ratopati.com/media/albums/20220906_095809_8TFp6Yyzi1.jpg)
२०७८ चैत १९ गते घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले वायो ग्याँस प्लान्ट उद्घाटन गरे । स्थानीय तहको निर्वाचनको सरगर्मी बढेको समयमा वायो ग्याँस उद्घाटन भयो । तर उद्घाटन हुँदा ग्याँस उत्पादन भएकै थिएन ।
घोराही उपहानगरपालिका मेयर नरुलाल चौधरी दोस्रो कार्यकालका लागि पुनः नेकपा एमालेबाट चुनावी मैदानमा उत्रिएका थिए । ग्याँस उत्पादनको उद्घाटन ५ महिना बितिसक्दासम्म पनि वायो ग्याँस प्लान्ट निर्माण, उत्पादन, वितरण तथा सञ्चालनको जिम्मा लिएको नेपाल ऊर्जा विकास कम्पनीले ग्याँस उत्पादन तथा वितरण गर्न सकेको छैन ।
उद्घाटन भएकोे लामो समय बितिसक्दासम्म पनि उपमहानगरपालिकाले स्थानीयवासीलाई ग्याँस वितरण गर्न सकेको छैन । निर्वाचनको सँघारमा लोकप्रियता कमाउनका लागि मात्रै ग्याँस प्लान्ट उद्घाटन गरेकोे गुनासो स्थानीयहरुको छ ।
वायो ग्याँस प्लान्टले न उत्पादन सुरु गरेको छ, न निर्माण शतप्रतिशत सम्पन्न भएको छ । तर निर्वाचनको मौका छोपी स्थानीय सरकार प्रमुखले उद्घाटन गरिसके पनि अझै उत्पादन र निर्माणको काम बाँकी छ ।
घोराही उपहानगरपालिका वडा नं. १६ जुुरुटेका दिनेश नेपालीले भने, ‘भोट माग्ने भाँडो बन्यो ग्याँस प्लान्ट । चैतमा उत्पादन भएको ग्याँस जनता घरमा अझै पुुगेको छैन ।’
घोराही उपमहानगरपालिका–१६, गरुवागाउँमा २४ करोडको लागतमा प्रतिदिन २ हजार घनमिटर वायो ग्याँस उत्पादन गर्ने गरी २०७५ मंसिरदेखि प्लान्ट निर्माणको काम थालनी भएको हो । वर्ष दिनभित्र निर्माण सम्पन्न गरी उपहानगरपालिकावासीको घरमा ग्याँस पुु¥याउने लक्ष्य सहित नेपाल ऊर्जा विकास कम्पनी प्रालिले निर्माणको जिम्मा लिएको थियो ।
निर्माण कम्पनीका मेनेजर हरिशरण श्रेष्ठका अनुुसार प्लान्टमा फोहोर अभावका कारण ग्याँस उत्पादन गर्न सकिएको छैन भने पाईपलाईन विस्तारको काम पनि बाँकी छ ।
प्लान्टमा परीक्षण उत्पादन भए पनि विक्रीवितरणका लागि उत्पादन गर्न अझै नसकेको उनको भनाइ छ । पाईप आउन बाँकी रहेकाले विस्तारको काम अझै बाँकी रहेको उनले बताए ।
घोराही उपमहानगरपालिका मेयर नरुलाल चौधरीले भने उत्पादन भइसकेको दाबी गरे । पहिलो चरणमा घोराही उपहानगरपालिका वडा नं. १६ सर्रा, जुुरुट्टे, गरुवागाउँ र घोराही उपहानगरपालका वडा नं. १० अमराई, सौडीकुुलाका करिव पाँच सय घरधुुरीलाई वितरण गर्ने तयारी गरेको मेयर चौधरीले बताए । तर अझै केही काम बाँकी रहेकाले केही समयभित्रमा ग्याँस पाइप लाईन विस्तार गरी वितरण गर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी