बुधबार, २८ कात्तिक २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा माओवादीले गर्‍यो उम्मेदवार सिफारिस

मङ्गलबार, २१ भदौ २०७९, १६ : १८
मङ्गलबार, २१ भदौ २०७९

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र रुपन्देहीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको छ । पार्टीका जिल्ला संयोजक निर्मल जीसीका अनुसार रुपन्देही क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ बामदेव क्षेत्री, घनश्याम यादव र मक्सुद अलीलाई उम्मेदवार सिफारिस गरिएको छ । प्रदेशसभातर्फ १ को (क)बाट लेखनाथ न्यौपाने, दिपा विक र गोविन्द पंगेनी तथा (ख)बाट बामदेव क्षेत्री, महदेव बस्नेत र विजय यादव सिफारिस भएका छन् ।

रुपन्देही क्षेत्र नम्बर २ मा प्रतिनिधिसभातर्फ विनोद पहाडीलाई सिफारिस गरिएको छ । प्रदेशसभातर्फ २ को (क)मा बामदेव क्षेत्री, नारायण जीसी, र गोविन्द केसी तथा (ख)बाट युवराज ढकाल, हुमनाथ न्यौपाने र बेलप्रसाद शर्माको नाम परेको छ ।

क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभातर्फ हकिकुल्ला खां सिफारिसमा परेका छन् । प्रदेशसभातर्फ ३ को (क)बाट मक्सुद अली, तीरबहादुर रोका र रियज अहमद तथा (ख)बाट सोनिया यादव र धनबहादुर गुरुङ उम्मेदवार सिफारिस भएका छन् ।

क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभातर्फ मोहम्मद वकिल मुसलमान सिफारिसमा परेका छन् । प्रदेशसभातर्फ ५ को (क)मा नारायण जीसी (निर्मल), भोलानाथ बस्याल र दिपिका शर्मा तथा (ख)बाट विक्रम यादव, महेन्द्रकुमार यादव र रामगुलाम यादव सिफारिस भएका छन् ।

रुपन्देहीमा प्रतिनिधिसभातर्फ पाँच वटा निर्वाचन क्षेत्र छन् । क्षेत्र नं ४ को भने उम्मेदवार सिफारिस भइ नसकेको जिल्ला संयोजक जीसीले बताए । नेताहरुका अनुसार प्रतिनिधिसभातर्फ गठबन्धन दलमध्येबाट रुपन्देहीको क्षेत्र नम्बर १ वा २ मा माओवादीले कोटा पाउने सम्भावना छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप