शुक्रबार, १४ असार २०८१
ताजा लोकप्रिय

गणपूरक संख्या नपुग्दा प्रतिनिधि सभा बैठक स्थगित

मङ्गलबार, २१ भदौ २०७९, १६ : १३
मङ्गलबार, २१ भदौ २०७९

सांसदहरुको गणपूरक संख्या नपुग्दा प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सोमबारको प्रतिनिधि सभा बैठकमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक निर्णयार्थ पेश गर्न लाग्दा सांसदहरुको गणना गर्दा गणपूरक संख्या नपुगेपछि १५ मिनेटका लागि बैठक स्थगित भएको हो ।

तीन मिनेट घण्टी बजाउँदा समेत ५८ जना सांसदमात्रै बैठकमा उपस्थित रहेका थिए । गणपूरक संख्या पुग्न एक चौथाई अर्थात ६९ जना सांसद हुनुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप