शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

२९ लाख ९९ हजार मूल्य बराबरको लागु औषधसहित १५ जना पक्राउ

मङ्गलबार, २१ भदौ २०७९, १५ : ५४
मङ्गलबार, २१ भदौ २०७९

लागु औषध नियन्त्रण ब्यूरोले अवैध लागु औषध खैरो हेरोइन, गाँजा र नियन्त्रित लागु औषध एम्पुलसहित १५ जनालाई पक्राउ गरेको छ ।  ब्यूरोले मंगलवार पत्रकार सम्मेलन गर्दै भदौ १६ गतेदेखि २० गतेको अवधिसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट अवैध लागु औषध खैरो हिरोइन, लागु औषध गाँजा र नियन्त्रित लागु औषध एम्पुलको कारोबार गर्ने १५ जनालाई पक्राउ गरेको जानकारी दिएको हो ।

 उनीहरुको साथबाट खैरो हेरोइन २८७.५ ग्राम, नियन्त्रित लागु औषध ब्रुपेनोर्फिन, डाईजेपाम र फेनारगन गरेर २५२ एम्पल बरामद गरिएको प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालले बताए । त्यसैगरी लागु औषधको बिक्री वितरणबाट प्राप्त १० लाख ६२ हजार एक सय रुपैयाँ पनि प्रहरीले बरामद गरेको छ ।

 त्यस्तै पार्सलको रुपमा अमेरिकाबाट आएको २ किलोग्राम गाँजा र हेरोइन जोख्न प्रयोग गरिने ४ वटा डिजिटल तराजु पनि बरामद गरिएको उनले उल्लेख गरे ।  पक्राउ परेकाहरुलाई काठमाडौं जिल्ला अदालतबाट लागु औषध ऐन अनुसार म्याद थप भएर अनुसन्धान तथा कारबाही भइरहेको उनले जानकारी दिए । 

उनीहरुको साथबाट १७ थान मोबाइल पनि बरामद गरिएको छ । बरामद भएको कुल लागु औषधको अवैध बजार मूल्य २९ लाख, ९९ हजार चार सय रुपैयाँ रहेको लागु औषध नियन्त्रण ब्यूरोले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप