बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलका विभिन्न शैक्षिक संस्थामा तालाबन्दी

मङ्गलबार, २१ भदौ २०७९, १५ : २९
मङ्गलबार, २१ भदौ २०७९

बुटवलका विभिन्न शैक्षिक संस्थामा नेकपा बहुमत निकट अनेरास्ववियु (क्रान्तिकारी)ले तालाबन्दी गरेको छ  । चर्को शैक्षिक शुल्क लिएको, छात्रवृत्ति वितरणमा अपारदर्शी गतिविधि गरेको लगायतका माग राख्दै कालिका मानव ज्ञान मावि,नवीन औद्योगिक कदरबहादुर रिता मावि, कान्ति मावि तथा न्यू होराइजन माविको लेखा शाखामा ताला लगाएको अनेरास्ववियु  कान्तिकारी प्रदेश इन्चार्ज नविन खड्काले रातोपाटीलाई बताए।

चर्को शुल्क लिँदा सरकार चुप लागेर बसेकाले आफूहरू तालाबन्दी गर्न बाध्य भएको उनले बताए । अनेरास्ववियु (क्रान्तिकारी)ले यसअघि नै ती विद्यालयहरूमा आफ्ना माग पत्रहरू पठाएको थियो । बुटवल उपमहानगरपालिकाको शिक्षा शाखालाई बोधार्थ गराउँदै सङ्गठनले माग पूरा नहुँदासम्म चरणबद्ध आन्दोलन जारी राख्ने गरी तालाबन्दी गरिएको जनाएको छ । बुटवलका सामुदायिक विद्यालयहरूले अभिभावकहरूबाट सहयोग स्वरूप रकम लिन सक्ने भए पनि सोही बहाना बनाएर चर्को शैक्षिक शुल्क उठाउने गरेका छन् । 

राज्यले निःशुल्क उपलब्ध नीति भए पनि विद्यालयहरूले मनोमानी शुल्क असुल्ने र  शैक्षिक सामग्रीहरू खरिदका लागि समेत एकै ठाउँबाट खरिद गर्नुपर्ने गरी अप्रत्यक्ष रूपमा सिन्डिकेट लगाइएको सङ्गठनको आरोप छ । यस्तै  शैक्षिक छात्रवृत्ति पारदर्शी नभएको आरोप लगाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप