आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

गलत समयमा विधेयक ल्याएको भन्दै गगन थापाको कटाक्ष

मङ्गलबार, २१ भदौ २०७९, १५ : १८
मङ्गलबार, २१ भदौ २०७९

नेपाली कांग्रेस महामन्त्री गगन थापाले प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकालबारे सरकारले ल्याएको विधेयकबारे स्पष्ट जानकारी राख्न नसक्दा संसदप्रति सही धारणा नबनेको बताएका छन् । मंगलबार केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ को दफावार छलफलका क्रममा थापाले सही समयमा विधेयक नल्याएकाले विधेयकमार्फत गर्न खोजिएको व्यवस्थाबारे स्पष्ट पार्न नसकिएको बताए ।

‘विधेयक प्रस्तुत गर्ने पक्षले जसरी प्रस्तुत गर्नुपर्थ्यो, जसरी विचार निर्माण गर्नुपर्थ्यो त्यो गर्न नसक्दा आज कसरी प्रस्तुत भएको छ बाहिर ? मानौं हामी एक–दुई महिनाको पारिश्रमिक र सेवासुविधाका निम्ती सबै मरिहत्ते गरिरहेका छौं’, थापाले जनमानसले गरेको प्रश्न उधृत गर्दै भने, ‘यो हामी सबैको सर्वाधिक महत्त्वको कुरा हो ।’ 

थापाले कोही पारिश्रमिक लिने पक्षमा रहेको र  कोही पारिश्रमिक नलिने पक्षमा रहेको भन्दै तर सवै एकदुई महिनाको पारिश्रमिक लिनका लागि मरिहत्ते गरिरहेका छन् भन्ने अर्थमा बुझिएको बताए । उनले संसद्को कार्यकाल सम्बन्धमा सरकार र प्रतिपक्ष भएर सांसद प्रस्तुत हुन नहुने बताए । ‘कहिलेकाँही संसद्को प्रतिष्ठाको लागि हामी एकठाउँ उभिनुपर्छ । हामी उभिएनौँ भने त्यसको दाग हामी सबैलाई लाग्छ’, थापाको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप