आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

हतारमा काम गर्नु ठिक होइन : वर्षमान पुन

मङ्गलबार, २१ भदौ २०७९, १५ : १०
मङ्गलबार, २१ भदौ २०७९

नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले सरकारले प्रस्तुत गरेको केही नेपाल ऐन संशोधन विधेयक समयमै आएको भए राम्रो हुने धारणा राखेका छन् । उनले संसदको कार्यकाल बारेको विधेयक अहिले आउनुपर्ने विषय नै नभएको बताए ।

 ‘यो आउनुपर्ने विषय नै होइन, तर सरकारले फिर्ता गर्नेभएछ राम्रो भयो । आगामी दिनमा यस्तो कुरा नदोहोरियोस्’, पुनको भनाइ छ । जुनसुकै पार्टी सरकारमा भएपनि यसरी हतारमा काम गर्ने कुरा ठिक नभएको उनले बताए । 

त्यस्तै एमालेका सांसद कृष्णभक्त पोखरेलले उक्त विधेयकबारे आफै ऐन संशोधन गरेर आफै आफ्नै म्याद थपे भन्ने कुरामाथि जनताले आशंका गरेको भन्दै यस्ता विषयमा साझा दृष्टिकोण बनाउन जरुरी रहेको बताए । ‘हामीले असल परम्परा र थिति बसाल्न सकेका छैनौ’, पोखरेलको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप