मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

डेंगुका बिरामीले टेकु अस्पतालको शय्या भरियो, प्यासेजमा राखेर उपचार (फोटोफिचर)

मङ्गलबार, २१ भदौ २०७९, १४ : ४८
मङ्गलबार, २१ भदौ २०७९

डेंगु संक्रमणका कारण राजधानीको टेकु अस्पतालमा बिरामीको चाप ह्वात्तै बढेको छ । अस्पतालको शय्या भरिएपछि आजभोलि प्यासेजमा समेत राखेर बिरामीको उपचार गर्न थालिएको छ । अस्पतालमा दैनिक आइरहेका बिरामीमध्ये करिब ९० प्रतिशत डेंगुका बिरामी हुने गरेको उपचारमा संलग्न डाक्टरले रातोपाटीलाई बताए। मनसुन सुरू भएसँगै राजधानीमा डेंगुको संक्रमण बढ्न थालेको हो । 

अचानक टाउको दुख्ने, ज्वरो आउने, मांसपेशी तथा जोर्नी दुख्ने, बान्ता आउने लगायतका डेंगुका लक्षण हुन्  । प्रेसर कम भएका, खाना नरुच्ने, रगतमा सेतो मात्रा कम भएका, बान्ता धेरै हुने लगायतका समस्या देखिएका बिरामीलाई अस्पतालमा भर्ना गर्ने गरिएको छ । पछिल्लो रिपोर्टअनुसार काठमाडौँ, भक्तपुर,ललितपुरमा गरी झण्डै २३०० जनामा डेंगु पुष्टि भएका छन्  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप