सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

जनमत पार्टीको लुम्बिनी इन्चार्जमा राजेन्द्र गुप्ता

मङ्गलबार, २१ भदौ २०७९, १४ : १२
मङ्गलबार, २१ भदौ २०७९

लोसपा छाडेका राजेन्द्र गुप्ता जनमत पार्टीको केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्जमा  मनोनयन भएका छन् । मंगलबार बुटवलमा उनलाई जनमतका अध्यक्ष डा. सी.के. राउतले पार्टीमा स्वगत गर्दै केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्जमा मनोनयन गरेका हुन् ।

गुप्ता लुम्बिनी प्रादेशिक अस्पताल विकास समिति र पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसनका पूर्वअध्यक्ष समेत हुन् । पार्टीका केन्द्रीय सचिव भूपेन्द्र प्रसाद यादवका अनुसार पार्टीको राष्ट्रिय उपाध्यक्षमा  नरसिंह चौधरी र केन्द्रीय सदस्य तथा आदिवासी जनजाति जनमत संघको राष्ट्रिय संयोजकमा  कैलाश गुरुङलाई मनोनीत गरिएको  छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप