सानिमा माई हाइड्रोपावरद्वारा ५.२६ प्रतिशत लाभांस घोषणा
मङ्गलबार, २१ भदौ २०७९, १३ : ४७
सानिमा माई हाइड्रोपावरले ५.२६ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । कम्पनीको गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट करसहित ५.२६ प्रतिशत लाभांस दिने घोषणा गरेको हो ।
सोमबार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांस दिने निर्णय गरेको हो । कम्पनीको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि लाभांश वितरण हुनेछ । लाभांश पारित गर्नका लागि आगामी कात्तिक २ गते वार्षिक साधारणसभा डाकिएको छ । सभा प्रयोजनको लागि सानिमाले असोज १२ गते बुक क्लोज गर्नेछ ।
गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको मुनाफाबाट कम्पनीले सेयर धनीहरुमा १० प्रतिशत लाभांस वितरण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार्जिङ स्टेसनमा लगानी बढाउँदै निजी क्षेत्र, ६०० वटा स्टेसन बनाउन अनुमति माग
-
गरिखाउन् भनेर भरथेग दिएका पार्टीहरूले गरी खाएनन् : प्रधानमन्त्री ओली
-
कृषि विभाग परिसरमा रैथाने बाली प्रदर्शनी हुने
-
धूम ४ मा रणवीरको इन्ट्री
-
आईटी कम्पनीलाई विदेशमा विस्तार गर्ने कानुनी सुधार स्वागतयोग्य : क्यान महासंघ
-
जाडो विदामा काठमाडौँ महानगरले सामुदायिक र बोर्डिङ स्कूलका शिक्षकहरूलाई तालिम दिँदै