बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल प्रहरीमा १८० वटा गाडी किन्न टेण्डर आह्वान

सशस्त्रले ६० गाडी किन्दै
मङ्गलबार, २१ भदौ २०७९, १३ : ३०
मङ्गलबार, २१ भदौ २०७९

नेपाल प्रहरीले १८० वटा गाडी खरिद गर्न टेण्डर आह्वान गरेको छ । निर्वाचन अघि नै गाडी खरिद गर्ने गरी प्रहरी प्रधान कार्यालयले टेण्डर आह्वान गरेको हो ।

नेपाल प्रहरीले ५० लाख रुपैयाँ दरका ८० वटा र ३५ लाख रुपैयाँका दरले १०० वटा गाडी खरिदका लागी १५ दिने टेण्डर माग गरेको छ । अर्थ मन्त्रालयले प्रहरीका लागी गाडी खरिद गर्न ७५ करोड स्रोत सुनिश्चित गरेपछि सो टेण्डर आह्वान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

अर्थ मन्त्रालयले प्रहरीलाई ५० लाख नबढ्ने गरी गाडी खरिद गर्न भनेको छ । मङ्सिरमा ४ मा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन अघि नै पिकअप गाडी खरिद गरिने प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

सशस्त्र प्रहरी बलले पनि ६० वटा गाडी खरिद गर्न टेण्डर आह्वान गरेको छ । अर्थ मन्त्रालयले सशस्त्र प्रहरीलाई गाडी खरिद गर्न २५ करोड रुपैयाँको स्रोत सुनिश्चित गरेको थियो । सशस्त्रले ५० लाख दरका २५ वटा र ३५ लाख दरका ३५ वटा गाडी खरिद गर्न टेण्डर आह्वान गरेको छ ।

गृह मन्त्रालयले पनि चुनावअघि २५ वटा गाडी किन्ने भएको छ । गृहले ५० लाख रुपैयाँ प्रतिगोटाका दरले गाडी खरिद गर्दै छ । २०७९ वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचन अघि पनि सुरक्षा निकायले गाडी किन्नका लागी बजेट मागेका थिए । तर, अर्थ मन्त्रालयले रकम नदिँदा गाडी खरिद प्रक्रिया अघि बढेको थिएन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप