मन्त्री जीवनराम श्रेष्ठ : पार्ट टाइम ओलम्पिक कमिटी, फुल टाइम राजनीति

नेपाल ओलम्पिक कमिटीका अध्यक्षसमेत रहेका पर्यटनमन्त्री जीवनराम श्रेष्ठ अहिले विवादमा तानिएका छन् । सेक्युरिटी गार्डले आफूसँग विवाद गरेपछि प्रहरी लगाएर थुनाएको खुलासा भएसँगै उनी विवादमा तानिएका हुन् । शक्तिको आडमा श्रेष्ठले गरूड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरूङलाई थुनाएको आरोप छ । चौतर्फी आलोचना भएपछि सोमबार गुरुङलाई रिहा गर्न गृह प्रशासन बाध्य भएको थियो ।
श्रेष्ठ खासमा खेलकुद हुँदै राजनीतिमा प्रवेश गरेका हुन् । यसअघि राखेप सदस्य सचिवसमेत बनेका श्रेष्ठ त्यसैबाट राजनीतिमा छिरेका थिए । त्यसपछि उनको पहिलो प्राथमिकतामा राजनीति र दोस्रो प्रथामिकतामा खेकलुद पर्दै आएको छ । अहिले मन्त्री भएको समयमा ओलम्पिक कमिटीको ठूलो बैठकमा आउने बाहेक उनको केही भूमिका छैन ।
मन्त्री हुनुपूर्व धेरै खेलुकद कार्यक्रममा देखिने उनी अहिले प्राय हुँदैनन् । नेपाल ओलम्पिक कमिटीले आफ्नो छुट्टै विधान बनाएको छैन । तर इन्टरनेसनल ओलम्पिक कमिटीले भने अध्यक्षले मन्त्री बन्दा राजीनामा दिनु पर्छ भन्ने विधानमा नभएको ओलम्पिक कमिटी नेपालले जनाएको छ ।
कमिटीका महासचिव निलेन्द्र राज श्रेष्ठले भोलेन्टियर पद भएका कारण कुनै अर्को जिम्मेवारीमा जान नरोक्ने बताए । ‘मन्त्री बन्नको लागि राजीनामा दिनु पर्छ भन्ने छैन । भोलेन्टियर पद भएका कारण ओलम्पिक कमिटी बाहेकको काम पनि गर्न मिल्छ । कुरा प्रथामिकतामा के छ भन्ने हो । मन्त्रीज्यू अत्यावश्यक बैठकमा आउनु भएको हुन्छ,’ श्रेष्ठले रातोपाटीसँगको कुराकानीमा भने ।
पहिलो पटक सन् १९९७ मा ओलम्पिक कमिटीको अध्यक्ष भएका श्रेष्ठ दोस्रो पटक सन् २०१५ देखि हाल अहिले सम्म अध्यक्ष छन् । उनको यो तेस्रो कार्यकाल हो । उसो त ओलम्पिक कमिटी बेलाबेला विवादमा समेत आउने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानाडालाई स्टील र आल्मुनियममा ५० प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
-
पेरिस पुगेर फ्रान्सेली नागरिकलाई पर्यटनमन्त्री पाण्डेलेले दिए नेपाल भ्रमणको निम्तो
-
स्ववियु निर्वाचन : देशभर अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता, काठमाडौंमा शङ्करदेवसहित ७ क्याम्पसमा विवाद
-
१२ बजे, १२ समाचार : राष्ट्रिय सुरक्षा चुनौतीबारे प्रधानमन्त्री ओलीको चिन्तादेखि चैते धानको मूल्य निर्धारणसम्म
-
श्रीमतीसँग झगडा परेपछि हराएका महर्जन १७ दिनपछि शिवपुरी जङ्गलमा भेटिए मृत
-
मर्यादित भएर होली पर्व मनाउन प्रशासनको उर्दी