पाल्पामा करेन्ट लागेर मृत्यु
मङ्गलबार, २१ भदौ २०७९, १२ : ५६

पाल्पामा घर बनाउने काममा खटिएका एक मिस्त्रीको करेन्ट लागेर मृत्यु भएको छ ।
तानसेन नगरपालिका वडा नम्बर ४ शिलखानटोलमा घर बनाउने क्रममा करेन्ट लागेर खोटाङ जिल्लाको जन्ते ढुङ्गा गाउँपालिकाका ३४ वर्षीय महेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
स्थानीय झविन्द्र देवकोटाको घर बनाउने क्रममा करेन्ट लागेपछि उनलाई मिसन अस्पताल तानसेन लगिएको थियो । तर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पामा प्रवक्ता डीएसपी वीरेन्द्र थापाले बताए । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विषादी हालेको अङ्गुर खाइरहनु भएको त छैन ? यसरी सफा गर्नुस्
-
कोलेस्ट्रोल घटाउन चाहनुहुन्छ ? बिहान अपनाउनुहोस् यी ५ बानी
-
सिमेन्टपछि फलामे जाली र छडको पनि मूल्य बढ्यो
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
आज नारायणको बार कसलाई कति लाभ ?