प्रतिनिधिसभा उम्मेदवारका लागि लमजुङबाट ८ महिलाको नाम सिफारिस
मङ्गलबार, २१ भदौ २०७९, १२ : ४०
आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको उम्मेदवारका लागि लमजुङबाट ८ जना महिलाको नाम सिफारिस भएको छ ।
नेपाली कांग्रेसबाट तीन जना महिला, नेकपा एमालेबाट दुई जना महिला, माओवादी केन्द्रबाट दुई जना र नेपाल समाजवादी पार्टीबाट एक जना महिलाको नाम प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएको हो ।
नेकपा एमालेबाट समानुपातिकतर्फ केन्द्रीय सदस्य, लमजुङ सहइन्चार्ज एवं संविधान सभा सदस्य टुकाभद्र हमाल र केन्द्रीय सदस्य कल्पना थापाको नाम सिफारिस भएको छ ।
माओवादी केन्द्रबाट समानुपातिकमा गण्डकी प्रदेशसभा सदस्य, केन्द्रीय सदस्य, गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री मधु अधिकारी गुरुङ र उर्मिला माझीको नाम सिफारिस भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा बदर हुनुपर्ने मागसहित अख्तियार पुग्यो सर्वोच्च
-
रोल्पामा जिप दुर्घटना, ११ जना गम्भीर घाइते
-
सशस्त्र प्रहरी परिवार महिला संघको २३औँ वार्षिकोत्सव सम्पन्न
-
खेलकुद मन्त्री श्रेष्ठ र कोरियाकी उपमन्त्रीबिच भेटवार्ता
-
भारोत्तोलनमा सरितालाई स्वर्ण
-
सरकारसमक्ष कोरोनाकालका 'होल्डिङ सेन्टर' व्यवस्थापनसम्बन्धी प्रतिवेदन पेस