सानिमा माई हाइड्रोले ५ प्रतिशत नगद लाभांश दिने
मङ्गलबार, २१ भदौ २०७९, १२ : २७
सानिमा माई हाइड्रोपावरले आफ्ना सेयरधनीहरूलाई ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्ष आर्जन गरेको नाफाबाट लगानीकर्तालाई उक्त लाभांश वितरण गर्ने भएको हो ।
सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुसार लगानीकर्ताले ५.२६३२ प्रतिशतबाट हुन आउने १६ करोड २५ लाख ९२ हजार १५८ रुपैयाँ पाउनेछन् । यद्यपी, कम्पनीले गरेको प्रस्ताव आगामी वार्षिक साधारण सभाको बैठकले पारित गरेपछि वितरण हुनेछ ।
लाभांस प्रस्ताव पारित गर्नका लागि कम्पनीले कात्तिक २ गते ११औं वार्षिक साधारण सभा आह्वान गरेको छ । लाभांश वितरणका लागि असोज १२ गतेदेखि बुक क्लोज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार्जिङ स्टेसनमा लगानी बढाउँदै निजी क्षेत्र, ६०० वटा स्टेसन बनाउन अनुमति माग
-
गरिखाउन् भनेर भरथेग दिएका पार्टीहरूले गरी खाएनन् : प्रधानमन्त्री ओली
-
कृषि विभाग परिसरमा रैथाने बाली प्रदर्शनी हुने
-
धूम ४ मा रणवीरको इन्ट्री
-
आईटी कम्पनीलाई विदेशमा विस्तार गर्ने कानुनी सुधार स्वागतयोग्य : क्यान महासंघ
-
जाडो विदामा काठमाडौँ महानगरले सामुदायिक र बोर्डिङ स्कूलका शिक्षकहरूलाई तालिम दिँदै