बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री देउवाद्वारा नेतृ लिज ट्रसलाई बधाई

मङ्गलबार, २१ भदौ २०७९, ११ : ४५
मङ्गलबार, २१ भदौ २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्यको कन्जरभेटिभ पार्टीको नेतामा लिज ट्रस निर्वाचित भएकोमा बधाई दिएका छन् ।

सठचालिस वर्षीय लिज ट्रस पार्टीको नेतामा निर्वाचित भएको सोमबार घोषणा गरिएको थियो । दलको नेता बनेसँगै उहाँ आज संयुक्त अधिराज्यको प्रधानमन्त्रीमा नियुक्त हुँदैछन्  ।

प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत लामो समयदेखिको नेपाल–बेलायत सम्बन्धलाई अझ सुमधुर बनाउन उनीसँग काम गर्न आफू तत्पर रहेको बधाई सन्देशमा उल्लेख गरेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप