सिक्लेस हाइड्रोपावरको आईपीओ आउँदै
मङ्गलबार, २१ भदौ २०७९, १० : ५२

सिक्लेस हाइड्रोपावर कम्पनीले २९ भदौदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न लागेको हो ।
योमध्ये ५७ हजार ५०० कित्ता सामुहिक लगानी कोष र ३४ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १० लाख ५८ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा २ असोजसम्म आवेदन दिन सकिनेछ । सोअवधिमा सबै सेयर बिक्री नभएमा १२ असोजसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम बीओके क्यापिटल मार्केटले गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाई आक्रमणको डरमा छन् ट्रम्प, बनाउँदैछन् आइरन डोमको ढाँचामा गोल्डेन डोम
-
ट्रम्पको धम्कीले पनि गरेन काम, हमासद्वारा चेतावनी ठाडै अस्वीकार
-
मध्यप्रदेशको कोइलाखानीमा भवनको छत खस्दा तीन मजदुरको मृत्यु
-
सुनगाभा सैनामैना गोल्ड कप : महावीर काठमाडौँ सेमिफाइनल प्रवेश
-
सुदूरपश्चिममा पहिलो पटक बजेटबारे सांसदहरूसँग छलफल
-
विद्युत् प्राधिकरणको नाफा ‘फेक’ हो ?