शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डको दाबी : कांग्रेस ८० को वरिपरि आउने सम्भावना छ

मङ्गलबार, २१ भदौ २०७९, १० : ४७
मङ्गलबार, २१ भदौ २०७९

काठमाडौं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेसले ८० सिट वरिपरिको संख्यामा सहमतिमा आउने विश्वास व्यक्त गरेका छन् । उनले कांग्रेस सयबाट ८० मा आउने सम्भावना बढ्दो रहेको पनि बताए ।

मंगलबार धनगढी विमानस्थलमा अध्यक्ष प्रचण्डले गठबन्धनमा रहेका दलहरुका दावी आआफ्नै भएपनि सहमतिको विकल्प नभएको बताए । 

‘नेपाली कांग्रेसले चर्चा चलिरहेको र उहाँहरुले सुरुमा १०० भन्नुभएको थियो । तपाईहरुले पनि सुन्नुभएकै होला’, प्रचण्डले भने, ‘तर पछि ८० को वरिपरि आउने सम्भावना बढ्दो छ । हामीले पनि ६० भनेका छौ, ६० बाट केही तलमाथि होला तर त्यसैको वरिपरि हुन्छ भन्ने हाम्रो विश्वास छ ।’

त्यसैगरी नेकपा एकीकृत समाजवादी र नेसपाले पनि २५ सिटको वरिपरि गरेको स्थिति भएकाले त्यसैलाई आधार बनाएर सवै पार्टीका प्रतिनिधिहरु बसेर क्षेत्र र प्रदेशसम्म हेरेर टुंग्याउने प्रयासमा रहेको बताए । 

‘मिलेको जति मिलाउने मिल्न बाँकी रहेको शीर्ष तहमा बसेर  टुंग्याउने भनेर लागिएको छ’, प्रचण्डको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप