सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

विकास र समृद्धिका लागि गठबन्धनको विकल्प छैनः मन्त्री कार्की

मङ्गलबार, २१ भदौ २०७९, १० : ११
मङ्गलबार, २१ भदौ २०७९

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनले नै राजनीतिक स्थिरता, विकास र समृद्धिको बाटोमा देशलाई अग्रसर बनाउने बताएका छन् । मंगलबार नेपाल प्रेस युनियनसम्वद्ध पत्रकारहरुसँगको छलफलमा मन्त्री कार्कीले गठबन्धन कायम रहनेमा शंका नगर्न आग्रह पनि गरे । 
 
मन्त्री कार्कीले निर्वाचन निर्धारित समयमा सम्पन्न हुने उल्लेख गर्दै  यो गठबन्धनले संविधानको, लोकतन्त्रको रक्षा गर्दै जनताको विकास र समृद्धिको चाहनालाई चाँडो भन्दा चाँडो व्यवहारमा कार्यान्वयन गरेर देखाउने बताए ।

मन्त्री कार्कीले गठबन्धन भित्र आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि न्यायोचित, सम्मानजनक र सबैले मैले जितेको छु भन्ने भावमा सिट बाँडफाँट कार्य सम्पन्न हुने स्पष्ट पारे ।

सो अवसरमा नेपाल प्रेस युनियनसम्वद्ध पत्रकारहरुले नेपाल मिडिया काउन्सिल विधेयक र समसामयिक विषयमा मन्त्री कार्कीको ध्यानाकर्षण गराएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप