चितवन गोल्डकपमा १० टिम सहभागी हुने
![चितवन गोल्डकपमा १० टिम सहभागी हुने](https://rpcdn.ratopati.com/media/albums/chitwan_gold_cup_FvgAN6kO38.jpg)
भरतपुर फुटबल क्लबले यही भदौ २५ गतेदेखि चितवन गोल्डकप आयोजना गर्ने भएको छ । चितवनमा नै सर्वाधिक धनराशिको यो प्रतियोगिता आगामी असोज ३ गतेसम्म सञ्चालन हुने भएको हो ।
प्रतियोगितामा स्वदेशी र विदेशी गरी १० टिम सहभागी हुने आयोजकले जनाएको छ । त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल (एपीएफ), मनाङ एफसी, भरतपुर फुटबल क्लब, जेजेवाइसी सिमरा, मकवानपुर, बागमती र फर्साटिकर एफसी प्रतियोगितामा सहभागी हुने प्रतियोगिताका संयोजक ध्रुव भुसालले जानकारी दिए । उनका अनुसार अफ्रिकन युनाइटेड क्यामरुन र भारतको मोतिहारीसमेत प्रतियोगितामा सहभागी हुनेछन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।
प्रतियोगितामा विजेताले गोल्डकप उपाधिसहित रु सात लाख र उपविजेताले रु तीन लाख ५० हजार प्राप्त गर्ने उनले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । नारायणगढको क्याम्पा चौरमा हुने प्रतियोगिताका लागि अहिले मैदान व्यवस्थापनको काम भइरहेको छ । चार हजार दर्शक क्षमताको अस्थायी प्यारापिट निर्माणको काम भइरहेको छ । प्रतियोगिता सम्पन्न गर्न रु ७० लाख खर्च हुने अनुमान आयोजकको छ । प्रतियोगिताको प्रवद्र्धकका रूपमा चितवन जिल्ला फुटबल सङ्घ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री