टिभिएस नेपालले ल्यायो ‘कायापलट’ अफर
नेपालका लागि टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘कायापलट’ नामको विशेष योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँच पटकसम्म आकर्षक उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
सीमित अवधिको लागि उपलब्ध हुने यो योजना भदौ २० गतेबाट देशभर लागु भएको छ । “कायापलट“ योजना अन्तर्गत नकिन्दै www.tvsnepal.com/dashain मा गएर एक लाख जित्ने मौका र खरिद गरेपछि दस लाखसम्म जित्ने मौका रहेको छ ।
हरेक दिन योजनाबारे सोधपुछ गर्ने एक भाग्यशाली विजेतालाई रियलमी c30 स्मार्ट फोन प्रदान गरिने छ । साथै हरेक हप्ता एक खरिदकर्तालाई सम्पूर्ण नगद फिर्ता गर्ने र एक भाग्यशाली विजेतालाई बम्पर उपहार रु.५० लाखको नगद पुरस्कार उपलब्ध गरिने कम्पनीले जनाएको छ ।
यो योजनामा बबाल फाइनान्स अफर पनि समावेश छ । जस अन्तर्गत २० प्रतिशत डाउनपेमेन्ट र रु ४ हजार २०० को मासिक ईएमआइमा बाइक तथा स्कुटर किन्न सकिनेछ । विजेताहरूको घोषणा प्रत्येक मंगलबार लक्की ड्र मार्फत साँझ ५ बजे जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरिने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या