टिकटक बनाउने बहानामा पठाओ राइडरसँग मोटरसाइकल मागेर चोरी, ३ जना पक्राउ
पठाओमा हिँड्दा चिनजान गरेर ‘टिकटक बनाउँछु’ भनेर मोटरसाइकल नै चोरेर भाग्ने समूहका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० घर भएका १८ वर्षीय निशान सापकोटा पठाओमा हिँड्थे । राइडरसँग चिनजान गरेपछि ‘टिकटक बनाउँछु’ भन्दै मोटरसाइलक मागेर उनि फरार हुने गरेका थिए ।
काठमाडौंबाट चोरेको मोटरसाइकल उनले सिन्धुपाल्चोकको मेलम्चीमा लगेर बेच्ने गरेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए । प्रहरीले मुख्य आरोपी निशान सापकोटा, मेलम्चीमा ‘रावल लेथ एण्ड इन्जिनियरिङ वर्कशप’ सञ्चालन गर्ने ३२ वर्षका रामचन्द्र रावल र सिन्धुपाल्चोक इन्द्रावतीका पुस्कर काफ्लेलाई पक्राउ गरेको छ ।
काठमाडौंबाट निशानले चोरेको मोटरसाइकल रामचन्द्र रावलले पाटपुर्जा खोलेर बेच्ने गर्थे । पुस्करले पाटपुर्जा खरिद गर्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । निशानले बौद्धको चुनिखेलबाट बा.९३ प १४१३ नम्बरको २२० सिसिको पल्सर, गोकर्णेश्वरबाट बा।प्रदेश–०२–०३४ प ३४२५ नम्बरको १५० सिसिको पल्सर र माकलबारीबाट बा.प्र ०२–०३० प ५०८१ नम्बरको पल्सर मोटरसाइकल चोरेको थाहा भएको छ ।
मोटरसाइकलको पाटपुर्जा निकालेर बेचेपछि आरोपीहरुले च्यासिस र इन्जिन नम्बर मेटेर कवाडीलाई बेच्ने गरेका थिए । आरोपीहरुलाई थप अनुसन्धानका लागी प्रहरी वृत बौद्धमा पठाइएको एसपी कोइरालाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाँजा खेतीलाई वैध गर्नुपर्छ : मुख्यमन्त्री लामा
-
राक्सिराङ–७ लाई चेपाङ सांस्कृतिक तथा पर्यटकीय क्षेत्र घोषणा
-
रास्वपाका सभापति लामिछानेसहित ६ प्रतिवादी धरौटी बुझाएर रिहा
-
धरौटी आदेशपछि रास्वपामा उत्साह, अदालत राजनीतिक प्रभावमा नपरेको बुझाइ
-
भक्तपुर-नगरकोट सडक परियोजना सम्झौता रद्द
-
शिक्षामन्त्री विद्या भट्टराईले ६ महिनामा के–के गरिन् ?