बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अष्ट्रेलियामा लक्ष्मी आचार्यले नचाइन् दर्शक

सोमबार, २० भदौ २०७९, २१ : २८
सोमबार, २० भदौ २०७९

गायिका लक्ष्मी आचार्यले अष्ट्रेलियामा दर्शक नचाएकी छन् । सुदूरपश्चिम समाज अष्ट्रेलियाले आयोजना गरेको ‘गौरा पर्व’ मा उनले आफ्ना लोकप्रिय गीतसंगीत मार्फत त्यहाँका दर्शक नचाउन सफल भएकी हुन् । कार्यक्रममा उनले आफ्ना ‘भेना साली’, कोडा लगायत करिब आधा दर्जन गीत प्रस्तुत गरेकी थिइन् । 

नेपालको सुदूरपश्चिम क्षेत्रको महत्वपूर्ण धार्मिक एवम् सांस्कृतिक पर्व गौरा पर्वको अवसरमा सिड्नीको अलवा पार्कमा ‘गौरा पर्व’ कार्यक्रम आयोजना भएको थियो । कार्यक्रममा चर्चित देउडा गायक नरेन्द्रराज रेग्मीले पनि विभिन्न सांगीतिक प्रस्तुति राखेका थिए । सोही अवसरमा गायक रेग्मीद्वारा लिखित ‘ऐना आफै बोल्छ’ पुस्तकको समेत विमोचन गरियो ।

कार्यक्रम विदेशमा पनि गौरा पर्वको महत्व झल्काउन आयोजना गरिएको  सुदूरपश्चिम समाज अस्ट्रेलियाका अध्यक्ष मोहन देव भट्टले जानकारी दिए । आगामी दिनमा पनि यस्ता कार्यक्रमले निरन्तरता पाउने उनले बताए । त्यस्तै समाजसेवी तथा मानव अधिकारकर्मी कर्णदेव भट्टले अष्ट्रेलियामा पनि नेपालीपन झल्काउने सांस्कृतिक कार्यक्रमको आयोजना देख्दा खुसी लागेको बताए । उनले संस्कृति जोगाउन विदेशमा यस्ता कार्यक्रमको महत्व निकै हुने बताए ।

पुजा चन्दको सञ्चालन रहेको कार्यक्रम कलाकार श्रृंखला जोशीले पनि संगीतिक प्रस्तुति राखेकी थिइन् । कार्यक्रममा गौरा पर्वको धार्मिक पूजापाठ र नृत्य समेत आयोजना भएको थियो । पर्वलाई मौलिक रुपमा नेपालकै संस्कार र संस्कृति तथा गौराको विधि बमोजिम पूजापाठ गरिएको कार्यक्रममा स्थानीय सांसद र गैरआवासीय नेपाली संघ (एनआरएनए)का पदाधिकारीको पनि उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप