सिट बाँडफाँट कार्यदलले मंगलबार शीर्ष नेतालाई अपुरो प्रतिवेदन बुझाउने
सिट बाँडफाँट गर्न गठितत सत्तारुढ कार्यदल सहमति जुटाउन असफल भएको छ । कार्यदलको बैठकमा दलहरूले दाबी गरेको सिट संख्यामा लचक नभएपछि सोमबारको कार्यदल बैठक विना सहमति बालुवाटारबाट निस्केको हो ।
सहमति नजुटेपछि कार्यदलले अपुरो प्रतिवेदन गठबन्धनका शीर्ष नेतालाई बुझाउने तयारी गरेको छ । कार्यदलको अर्को बैठक मंगलबार साँझ ६ बजे बस्ने कांग्रेस महामन्त्री समेत रहेका कार्यदल सदस्य गगन थापाले जानकारी दिए । उनले दलहरूले आआफ्नो दाबी नछोडेकाले सहमति जुट्न नसकेको पनि बताए ।
‘अहिलेसम्म कुनै सहमति जुटेको छैन । मंगलबार साँझ ६ बजे पुनः कार्यदलको बैठक बस्छ । भोलि ६ बजे बसेर टुंगिएपनि नटुंगिएपनि जेजस्तो हुन्छ त्यसैको प्रतिवेदन शीर्ष नेतालाई बुझाइन्छ’, थापाको भनाइ छ । १६५ सिटमध्ये कांग्रेसले सय, माओवादीले ६०, नेकपा एकीकृत समाजवादीले ४० र जनता समाजवादीले ३२ सिट दाबी गरेका थिए भने राष्ट्यि जनामोर्चाले २ सिट मागेको थियो ।
तर यो दाबीमा कार्यदल सदस्यहरू टसको मस नभएपछि कुरा नमिलेको हो । मंसिरमा हुने हुने निर्वाचनका लागि गत साउन २० गते पाँच दलीय गठबन्धनले कांग्रेस नेता कृष्ण सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण