बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सिट बाँडफाँट कार्यदलले मंगलबार शीर्ष नेतालाई अपुरो प्रतिवेदन बुझाउने

सोमबार, २० भदौ २०७९, १९ : ५६
सोमबार, २० भदौ २०७९

सिट बाँडफाँट गर्न गठितत सत्तारुढ कार्यदल सहमति जुटाउन असफल भएको छ । कार्यदलको बैठकमा दलहरूले दाबी गरेको सिट संख्यामा लचक नभएपछि सोमबारको कार्यदल बैठक विना सहमति बालुवाटारबाट निस्केको हो । 

सहमति नजुटेपछि कार्यदलले अपुरो प्रतिवेदन गठबन्धनका शीर्ष नेतालाई बुझाउने तयारी गरेको छ । कार्यदलको अर्को बैठक मंगलबार साँझ ६ बजे बस्ने कांग्रेस महामन्त्री समेत रहेका कार्यदल सदस्य गगन थापाले जानकारी दिए । उनले दलहरूले आआफ्नो दाबी नछोडेकाले सहमति जुट्न नसकेको पनि बताए । 

‘अहिलेसम्म कुनै सहमति जुटेको छैन । मंगलबार साँझ ६ बजे पुनः कार्यदलको बैठक बस्छ । भोलि ६ बजे बसेर टुंगिएपनि नटुंगिएपनि जेजस्तो हुन्छ त्यसैको प्रतिवेदन शीर्ष नेतालाई बुझाइन्छ’, थापाको भनाइ छ । १६५ सिटमध्ये कांग्रेसले सय, माओवादीले ६०, नेकपा एकीकृत समाजवादीले ४० र जनता समाजवादीले ३२ सिट दाबी गरेका थिए भने राष्ट्यि जनामोर्चाले २ सिट मागेको थियो ।

तर यो दाबीमा कार्यदल सदस्यहरू टसको मस नभएपछि कुरा नमिलेको हो । मंसिरमा हुने हुने निर्वाचनका लागि गत साउन २० गते पाँच दलीय गठबन्धनले कांग्रेस नेता कृष्ण सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप