केन्याविरुद्धको एकदिवसीय सिरिज नेपालद्वारा क्लिन स्विप
घरेलु टोली केन्याविरुद्धको एकदिवसीय सिरिज नेपालले क्लिन स्विप गरेको छ । नेपालले यसअघि पाँच खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज ३–२ ले जितेको थियो ।
सोमबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा केन्यालाई ६ विकेटले हराउँदै नेपालले सिरिज क्लिन स्विप गरेको हो । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले दिएको २५६ रनको लक्ष्य पछ्याएको नेपालले ४७ ओभर १ बलमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा अर्जुन साउद, आसिफ शेख र वसिर अहमदले अर्धशतकीय इनिङ खेले । अर्जुनले ५८ को अर्धशतकीय पारी खेल्दा आसिफले ५६ रनको योदान गरे । त्यस्तै वसिर ५२ रन बनाउँदा नेपालका कप्तान रोहित पौडेलले अविजित रहँदै ४६ रन बनाए ।
केन्याका भिराज पटेलले दुई विकेट लिए । त्यस्तै शेम एनगोचे र याश तालातीले एक/एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले ५० ओभरमा ९ विकेट गुमाएर २५५ रन बनाएको थियो ।केन्याका लागि कोलिन्स अबुयाले ८४ रनको अर्धशतकीय पारी खेल्दा लुकास एनडानडासनले अविजित रहँदै ५९ रनको अर्धशतकीय पारी खेले । नेपालका सोमपाल कामी र आदील अन्सारीले दुई/दुई विकेट लिए । त्यस्तै वसिर अहमद र शाहब आलमले एक/एक विकेट लिए ।
योसँगै नेपालले केन्याविरुद्धको दुबै सिरिज आफ्नो बनाएको छ । सिरिज अन्तर्गतकै पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । यस्तै दोस्रो एकदिवसीयमा १७ रनले विजयी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण