बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

भक्तपुर २ बाट एमाले नेता बस्नेत सर्वसम्मत सिफारिस

सोमबार, २० भदौ २०७९, १९ : ३७
सोमबार, २० भदौ २०७९

मङ्सिर ४ गते हुने निर्वाचनमा भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले पार्टीका पोलिटब्युरो सदस्य महेश बस्नेतको नाम सर्वसम्मत सिफारिस गरेको छ । 

प्रतिनिधिसभा सदस्य बस्नेत आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्वसम्मत सिफारिस भएको एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिए । उम्मेदवारका लागि बस्नेत र नेता निर्मल भट्टराईले पार्टी कार्यालयमा आवेदन दिए पनि सोमबार बसेको जिल्ला कमिटी बैठकको सिङ्गो हलले नेता बस्नेतको विकल्पमा एमालेमा अर्को उम्मेदवार हुनै नसक्ने भन्दै सर्वसम्मतरूपमा बस्नेतको नाम पारित गरेको बैठकमा सहभागी नेताहरुले जानकारी दिए । 

नेता बस्नेतले ०७४ को निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दमननाथ ढुङ्गानालाई पराजित गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप