शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

पवित्रा र उषालाई ‘निशा घिमिरे स्मृति पुरस्कार’

सोमबार, २० भदौ २०७९, १७ : ०९
सोमबार, २० भदौ २०७९

‘निशा घिमिरे स्मृति पुरस्कार’ अभिनेत्री पवित्रा आचार्य र मोडल उषा उप्रेतीलाई प्रदान गरिएको छ । राजधानीमा सोमबार आयोजित एक समारोहकाबीच प्रथम अभिनेत्री भुवन चन्द्र, बरिष्ठ कलाकार मिथिला शर्मा, कलाकार संघका अध्यक्ष रविन्द्र खड्का लगायतले पुरस्कार प्रदान गरे । पुरस्कारमा जनही २५ हजार नगद सहित ‘सम्मान पत्र’ रहेको छ । 

कार्यक्रममा नर्भिक अस्पतालकी मेघा चौधरी, सञ्चारकर्मी प्रकाश सुवेदी र नवजीवन परोपकार समाजले विशेष सम्मान प्राप्त गरे । कलाकार उत्तक केसी, मोहन निरौला, कोषका संयोजक दुर्गानाथ दाहाल, संगीतकार सन्तोष श्रेष्ठ लगायत थुप्रै ब्यक्तिको कार्यक्रममा उपस्थितिरहेको थियो ।

केही वर्षअघि भारतमा सडक दुर्घटनामा परेकी अभिनेत्री, मोडल निशाको दयनीय अवस्थामा नवजीवन परोपकार समाजको पहलमा मेघा चौधरीमार्फत नर्भिक अस्पतालमा निःशुल्क उपचार गरिएको थियो । ५–६ महिनाको उपचारपछि उपचाररत अवस्थामा नै घिमिरेको २०७८ भदौ १६ गते निधन भएको थियो ।

निशा उपचाररत अवस्थामा नै देशविदेशमा रहेका शुभेच्छुकहरुले उनको स्वास्थ्य लाभको कामना गर्दै सहयोग रकम पठाएका थिए । सोही रकमबाट गत वर्ष घिमिरेको नाममा नवजीवन परोपकार समाज र नेपाल चलचित्र कलाकार संघको पहलमा संरक्षण कोष ‘निशा घिमिरे स्मृति कोष’ स्थापना भएको थियो ।

सोही कोषमा जम्मा हुन आएको रकमलाई निशा दिवंगत भएपछि अक्षय कोषमा राखी प्रत्येक वर्ष दुई मोडल, अभिनेत्रीलाई पुरस्कार दिने निर्णय भए बमोजिम यस वर्षको पुरस्कार पवित्रा र उषालाई समर्पण गरिएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप