बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

इभी एक्स्पोमा थपिने भयो ‘चांगन’

सोमबार, २० भदौ २०७९, १६ : ५७
सोमबार, २० भदौ २०७९

नेपालकै पहिलो इभी एक्स्पो, २०२२ मा चांगन भ्यानको समेत प्रदर्शन हुने भएको छ । सीजी मोटर्सले इलेक्ट्रिक सवारीमा नेटा–भीसँगै थप चांगन भ्यान समेत प्रदर्शन गर्ने भएको हो । यसअघि नै कम्पनीले बजारमा होजोन मोटर्सको इभी नेटा–भी उतारिसकेको छ । 

११ सिटे प्यासेन्जर भ्यान चांगन चिनियाँ ब्रान्ड हो । खासगरी सीजी मोटर्सले इभी एक्सपोलाई नै लक्षित गरेर चांगन ल्याउने तयारी गरेको छ । यतिमात्र होइन कम्पनीले पछिल्लो समय भारतीय बजारमा निकै चर्चामा रहेको दुई पाङ्ग्रे इभी ओला समेत इभी प्रदर्शनीमा उतार्ने तयारी गरेको छ ।

पहिलो इभी एक्सपो, यहीँ आउदो असोज ६ गतेदेखि ९ गतेसम्म राजधानीको भृकुटीमण्डपमा आयोजना हुँदैछ । उक्त एक्सपोको तयारी करिब अन्तिम चरणमा पुगिसकेको आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ ।  एक्सपोमा ८ वटा चार पाङ्ग्रेसहित १४ वटा दुई पाङ्ग्रे इभी सवारीको प्रदर्शन हुनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप