बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

राजेन्द्र महतो धनुषा ३ बाट सर्वसम्मत सिफारिस

सोमबार, २० भदौ २०७९, १६ : ३०
सोमबार, २० भदौ २०७९

लोसपा धनुषा निर्वाचन क्षेत्र नम्वर ३ ले वरिष्ठ नेता राजेन्द्र महतोलाई प्रतिनिधिसभाका लागि एकल नाम सिफारिस गरेको छ । सोमबार लोसपा क्षेत्रीय समिति बैठकले पार्टीका वरिष्ठ नेता महतोलाई प्रत्यक्षतर्फ सिफारिस गरेको हो ।

महतो अहिले पनि सोही निर्वाचन क्षेत्रबाट सांसद छन् । उनले अघिल्लो निर्वाचनमा कांग्रेसका नेता विमलेन्द्र निधिलाई पराजित गरेका थिए । यसपटक कांग्रेस धनुषा ३ ले निधिलाई समानुपातिकमा राखेर पठाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप