शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले मुगुबाट बानियाँ सर्वसम्मत सिफारिस

सोमबार, २० भदौ २०७९, १६ : २५
सोमबार, २० भदौ २०७९

नेकपा एमालेले मुगुले पूर्वमन्त्री मोहन बानियाँलाई प्रतिनिधिसभा उम्मेदवारका लागि सर्वसम्मत नाम सिफारिस गरेको छ । जिल्ला कमिटी मुगुले बानियाँलाई सर्वसम्मत सिफारिस गरेको हो । आइतबार बसेको जिल्ला कमिटी बैठकले प्रतिनिधिसभामा  बानियाँलाई सर्वसम्मत सिफारिस गरेको पार्टी सचिव डबल रोकायाले बताए ।

उनका अनुसार प्रतिनिधिसभाको दलित समानुपातिकमा दानसिहं परियार, आदिवासी जनजाति समानुपातिक सोनाम छिरिङ्ग लामा, पिछडिएको क्षेत्र समानुपातिक बलचन्द्र बिक, अपाङ्ग समावेसी समानुपातिक रुपबहादुर बुढा,  खस आर्य समानुपातिकतर्फ भीमचन्द्र हमाल, महिला समानुपातिक कर्णशिला मल्ल  र आदिवासी जनजाति समानुपातिकमा थुनग्याप तामाङ्गलाई सिफारिस गरेको हो ।

यस्तै, कर्णाली प्रदेशसभा ‘क’ अन्तर्गत प्रत्यक्षतर्फ तीन जनाको नाम सिफारिस गरेको छ । जितबहादुर मल्ल, पूर्णबहादुर रोकाया, कृष्णबहादुर सेजुवाल र खिउली भामलाई प्रदेशसभाको लागि सिफारिस गरिएको छ । 
साथै, प्रदेशसभा ख, अन्तर्गत प्रत्यक्षतर्फ उब्बजनबहादुर शाही, राजबहादुर कार्की (राजु) कर्णबहादुर मल्ल र मथुरा कार्कीको नाम सिफारिस भएको नेकपा एमाले मुगुले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप