शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

बिनोद चौधरी नवलपरासी–१ बाट सिफारिस

सोमबार, २० भदौ २०७९, १६ : १९
सोमबार, २० भदौ २०७९

 नवलपरासीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट उद्योगपति बिनोद चौधरीसहित ५ जना प्रत्यक्षतर्फ सिफारिस भएका छन् । सो क्षेत्रबाट चौधरीसहित देवकरण कलवार, विक्रम खनाल, कुल्दिप आचार्य  र उषा बास्तोलाको नाम सिफारिस भएको हो । 

 नेपाली काँग्रेस नवलपरासीका जिल्ला सभापति अजुर्न पोखरेलले सुरुमा दुई जनाको नाम आएपछि पछि चौधरीसहितको नाम थपेर ५ जनाको नाम सिफारिस भएको रातोपाटीलाई बताए । यस्तै प्रदेश सभातर्फ (क)मा विश्वप्रेम पाठक र (ख)मा मुकुल आचार्य सर्वसम्मत सिफारिस भएका छन् । 

यस्तै क्षेत्र नम्बर २ मा प्रतक्ष्यतर्फत पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेल सर्वसम्मत सिफारिस भएका छन् । क्षेत्र नम्बर २ (क) मा मोहन शर्मा सर्वसम्मत तथा (ख) मा बैजनाथ कलवार र नगेन्द्र अग्रहरी सिफारिस भएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप